३ माघ २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

रास्वपामा भाँडभैलो, रविकै अगाडी मुकुल ढकालले मुखमा लगाए कालो टेप

प्रकाशित मिति :  १९ असार २०८१, बुधबार ११:०७


काठमाडौं । अरुको भाँडभैलो गर्न खपिस रास्पाका सभापति रवि लामिछानेले अहिले आफ्नै पार्टीको दोन्द्ध मिलाउन नसक्दा रास्वपामा भाँडभैलो भएको छ ।

आज बसेको रास्वपाको केन्द्रीय समितिको बैठकमा पार्टीका महामन्त्री मुकुल ढकालले रवि लामिछाने कै अगाडी मुखमा कालोटेप लगाएर बसेपछि आज रास्वपामा भाँड भैलो भएको हो ।

महामन्त्री मुकुल ढकालले पार्टीको केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण नगरिएको भन्दै मुखमा कालो टेप टाँसेर विरोध गरेका हुन् ।

साथै पार्टीका महामन्त्री डा. मुकुल ढकालले पार्टीमा देखिएको समस्या र समाधानको उपायका बारेमा तयार गर्नुभएको प्रतिवेदनका कारण उहाँ माथि कारबाहीको माग उठेपछि सो पार्टी आन्तरिक विवादमा फसेको हो । त्यसो त मन्त्री बनाउने बेलामा प्रत्यक्ष निर्वाचन जितेर आएको सांसदहरूलाई नबनाएर सामनुपातिक कोटाबाट आएकी सुमना श्रेष्ठ लगायतलाई मन्त्री बनाएको भन्दै सभापति रवि लामिछानेको आलोचना भएको थियो ।

महामन्त्री मुकुल ढकाल मुखमा मास्क लगाएर बाहिरबाट टेप लगाएर बैठकमा सहभागी हुनुभएको हो ।

 


0
Shares

प्रतिक्रिया दिनुहोस !