२५ श्रावण २०८३, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

बढेको नुनको मूल्य लागू

प्रकाशित मिति :  3 July, 2024 11:50 am


काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले नुनको मूल्य बढाएको छ । बढेको मूल्य बुधबारदेखि लागू भएको छ । मंगलबार राति १२ बजेदेखि लागू हुने गरी नुनको मूल्य बढेको थियो ।

कर्पोरेशनको मंगलबार बसेको सञ्चालक समितिको बैठकले राति १२ बजेदेखि लागू हुने गरी नुनको मूल्य बढाएको हो ।

अब आयो नुन एक केजीको प्याकेटको २६ रुपैयाँ पर्नेछ । यसअघि उक्त नुनको मूल्य प्रतिकेजी २३ रुपैयाँ थियो।

यस्तै न्यू शक्ति नुनको मूल्य प्रतिकेजी १७ रुपैयाँबाट २० रुपैयाँ पु¥याइएको छ । भानु नुन प्रतिकेजी ९ रुपैयाँ यथावत छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !