प्रचण्डको जादूमा रवि प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले मलाई साथ दिए म भन्दा पछि प्रधानमन्त्री तपाईनै हो भनेर रास्वपाका सभापति तथा गृहमन्त्री रविलामिछानेलाई फकाउनु भएको स्रोतले राइजिङ सन खबरलाई बताएको छ ।
स्रोत अनुसार त्यही भएर सरकारबाट वाहिरिने निर्णय गरेर बालुवाटार पुगेका रास्वमा सभापति लामिछानेले तत्काल सरकारबाट नबाहिरिने निर्णय गर्नु भएको छ ।
प्रधानमन्त्री दाहालले विस्वासको मत लिन्छु भन्ने बहानामा केही समय लिएर कांग्रेस वा एमालेका दोस्रो तहका नेतासँग लविङ गर्न सरु गरिसकेका छन् । उहाँलाई प्रधानमन्त्री पदमा टिकिरहन कांग्रेस वा एमाले माध्य एकको आवाश्यक छ ।
सोही कारण अहिले मिलेको कांग्रेस एमालेलाई भत्काउने प्रपञ्च प्रधानमन्त्री प्रचण्डले बुनिरहेका छन् ।
अहिले प्रधानमन्त्रीमा टिकीरहे केही महिना पछि नै प्रधानमन्त्री पद जादूगरेर रविमा सुम्पिने वाचा प्रचण्डले रविलाई गरेको पाइएको छ ।
त्यही पनि रवि प्रचण्डको जादूमा रुमलिएको पाईएको छ ।
पार्टीमा आफ्नो चर्को विरोध हुन थालेपछि रविले आफ्नो पार्टीको महामन्त्री मुकुल ढकाललाई निलम्वन गर्नुभएको छ ।