सुन तोलामा एक हजार ६ सयले बढ्यो
प्रकाशित मिति : २० असार २०८१, बिहीबार ११:५५
काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा एक हजार ६ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन बुधबार प्रतितोला एक लाख ४२ हजार सात सयमा कारोबार भएकोमा आजका लागि भने एक लाख ४४ हजार तीन सय निर्धारण भएको छ ।
यसैगरी, तेजाबी सुन बुधबार प्रतितोला एक लाख ४२ हजारमा कारोबार भएकामा सोही परिमाणको तेजाबी सुन आजका लागि एक लाख ४३ हजार छ सय तोकिएको छ ।
यसैगरी, चाँदीको मूल्य तोलामा ४० ले बढेको छ । बुधबार प्रतितोला एक हजार आठ सय २५ मा कारोबार भएको चाँदीको मोल आजका लागि भने एक हजार आठ सय ६५ निर्धारण भएको छ ।
–रासस
0
Shares