३ आश्विन २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कोपा अमेरिका: नकआउटमा अतिरिक्त समय नथपिने, सीधै पेनाल्टी

प्रकाशित मिति :  २० असार २०८१, बिहीबार १२:००


काठमाडौं । कोपा अमेरिका २०२४ को नकआउट चरणको खेलमा अतिरिक्त समय थप नहुने भएको छ ।

अमेरिकामा जारी काेपा अमेरिकाकाे नकआउट चरणमा निर्धारित ९० मिनेटको खेल बराबरी भएमा खेल सीधै पेनाल्टीसुटआउटमा जाने भएकाे छ ।

अन्य प्रतियोगितामा निर्धारित समयमा बराबरी हुँदा ३० मिनेटको अतिरिक्त समयमा खेलाइन्छ र त्यसमा बराबरी भए मात्र पेनाल्टी सुटआउटमा जान्छ ।

तर कोपामा भने ९० मिनेटको खेल बराबरी भएमा सीधै पेनाल्टी हुनेछ ।

तर कोपाको फाइनल खेलमा भने निर्धारित समयमा बराबरी भएमा अतिरिक्त समय थपिनेछ । त्यसमा पनि बराबरी भएमा खेल पेनाल्टिसुटआउटमा पुग्नेछ ।

साविक विजेता अर्जेन्टिनासहित क्वाटरफाइनल पुग्न ८ वटै टोलीको टुङ्गो लागिसकेको छ ।

क्वाटरफाइनलमा अर्जेन्टिनाले इक्वेडर, भेनेजुएलाले क्यानडा, कोलम्बियाले पानामा र उरुग्वेल ब्राजिलसँग खेल्नेछ ।

आयोजक अमेरिका र मेक्सिको भने यस समूह चरणबाटै बाहिरिएका छन् ।

कोपाको पहिलो क्वाटरफाइनलमा साविक विजेता अर्जेन्टिनाले इक्वेडरसँग खेल्नेछ ।

यो खेल नेपाली समय अनुसार शुक्रबार बिहान ६:४५ मा सुरु हुनेछ ।


452
Shares

प्रतिक्रिया दिनुहोस !