३ माघ २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

रास्वपाका मन्त्रीहरुले तत्काल राजीनामा नदिने

प्रकाशित मिति :  २० असार २०८१, बिहीबार १२:०६


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट सङ्घीय सरकारमा सहभागी मन्त्रीहरुले तत्काल आफ्नो पदबाट राजीनमा नदिने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको छलफलपछि उहाँहरुले राजीनामा दिने निर्णय केही समयका लागि स्थगन गर्नुभएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री दाहाललाई राजीनामा पत्र बुझाउन पुग्नुभएका रास्वपाका मन्त्रीहरुले प्रधानमन्त्रीसँगको छलफपछि उहाँलाई साथ दिने निर्णयमा पुगेको रास्वपाको संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीले पछिल्लो राजनीतिक घटनाक्रम जसरी अघि बढेको छ, संवैधानिक अधिकारको प्रयोग गर्छु, संसद् फेस गर्छु भन्नुभएको छ । उहाँको संवैधानिक अधिकारको सम्मान गर्दै हामीले कमसेकम उहाँले सदनलाई फेस गर्दासम्म साथ दिने गरी राजिनामा स्थगन गरेका हौँ, प्रमुख सचेतक परियारले भन्नुभयो । आफुहरुले चाँडोभन्दा चाँडो संसदको फेस गर्न प्रधानमन्त्री दाहालसँग आग्रह गरेको उहाँले बताउनुभयो ।
रास्वपाबाट वर्तमान सरकारमा पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री, उपसभापति डोलप्रसाद अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री तथा सुमना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीे हुनुहुन्छ ।
–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !