१० पुष २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

स्वास्थ्य अबस्था देखाउदै राष्ट्रपतिको उम्मेदवारी छोड्न बाइडेनमाथि दबाब

प्रकाशित मिति :  २० असार २०८१, बिहीबार १२:०९


काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनमाथि आगामी निर्वाचनमा राष्ट्रपतिको उम्मेदवारबाट पछि हट्न दबाब बढेको छ ।

बाइडेनको स्वास्थ्य अबस्था देखाउदै उहाँलाई राष्ट्रपतिको चुनावबाट बाहिरिन दवाव परेको हो ।
स्वास्थ्य अबस्थाकै कारण उहँले रिपल्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पलाई हराउन नसक्ने भन्दै उहाँलाई दवाव वढेको हो ।

चौतर्फी दबाब बढ्न थालेपछी बाइडेनले आफ्नो परिवार र क्याम्पेनका अधिकारीहरूसँग यस विषयमा छलफल गरिरहेका छन् । साथै उनले छिटै डेमोक्रेटिक पार्टीका सांसद र गभर्नरहरुसँग छलफल गर्ने बताइएको छ ।

डेमोक्र्याटिक पार्टीका नेताहरूले उनलाई राष्ट्रपति पदको लागि आफ्नो उम्मेदवारी त्याग्न आग्रह गरिरहेका छन् । टेक्सासका सांसद लोयड डगेट डेमोक्रेटिक पार्टीका पहिलो नेता हुन् जसले सार्वजनिक रूपमा यो माग गरेका छन् ।

गत जुन २८ आयोजित राष्ट्रपति बहसको क्रममा, बाइडेन धेरै पटक हडबडिरहेको र सुस्त देखिएको थियो । सो बहस ट्रम्पले जितेका थिए । त्यसयता उनको उमेर र क्षमतामाथि पार्टीभित्र प्रश्न उठिरहेको छ ।

यो विषय अमेरिकाको सञ्चारमाध्ययमहरुमा व्यापक रुपमा आईरहेको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !