२९ श्रावण २०८३, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

फ्री भिसा, फ्री टिकटमा कामदार पठाएको नपठाएको विवरण वैदेशिक रोजगार विभागले म्यनपावर सँग माग्यो

प्रकाशित मिति :  4 July, 2024 12:21 pm


काठमाडौँ । वैदेशिक रोजगार विभागले म्यानपावर व्यवसायीहरूसँग फ्री भिसा, फ्री टिकटमा कामदार पठाएको विवरण माग गरेको छ ।

विभागमा दर्ता भएका सम्पूर्ण म्यापावर सँग विभागले विवरण माग गरेको हो ।
विभागले चालु आर्थिक वर्षको विवरण माग गरेको हो ।

विभागले पठाएको मुलुक, रोजगारदाता संस्था, श्रमिकको नाम, श्रमिकको सम्पर्क नम्बर (नेपाल हुँदाको बखतको), काम, तलब लगायतका विवरण उल्लेख गरेर उपलब्ध गराउन भनेको हो ।

म्यानपावर व्यवसायीहरूले खाडीका ६ मुलुक र मलेसियामा फ्री भिसा, फ्री टिकटको कोटा ल्याएर कामदार पठाउँदै आएका छन् ।


0
Shares

प्रतिक्रिया दिनुहोस !