म्याग्दीको विद्यार्थीलाई सेनाको तालिम
प्रकाशित मिति : 4 July, 2024 3:15 pm
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–१, कुहुँको दिपशिखा माध्यमिक विद्यालयमा विद्यार्थीका लागि जुनियर डिभिजन तालिम आयोजना गरिएको छ । नेपाली सेनाको राष्ट्रिय सेवा दलद्वारा शत्रुभञ्जन गुल्म अर्थुङ्गे ब्यारेक म्याग्दीमार्फत बुधबारदेखि सो तालिम सञ्चालन गरिएको हो । दुई महिनाभन्दा बढी समयसम्म चल्ने सो तालिममा सैन्यज्ञानका साथै अन्य कुरा पनि सिकाइने विद्यालयका प्रधानाध्यापक डा नन्दबहादुर खत्रीले बताउनुभयो ।
खोज, राहत, उद्धार र प्राथामिक उपचारमा सेवा जस्ता व्यावहारिक ज्ञानसमेत प्राप्त हुने भएकाले म्याग्दीमा सञ्चालित तालिममा विद्यार्थीको आकर्षण बढेको छ । गत वर्ष सो कार्यक्रम बेनी नगरपालिका–५ पुलाचौरको जनकल्याण माविमा सञ्चालन गरिएको थियो ।
–रासस
0
Shares












