१२ मंसिर २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रधानमन्त्री दाहालले असार २८ गते विश्वासको मत लिने

प्रकाशित मिति :  २१ असार २०८१, शुक्रबार १६:३४


काठमाडाैं ।  प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिने हुनुभएकाे छ ।

कांग्रेस र एमालेले गठबन्धन गरेर नयाँ सरकार बनाउने सहमति गरेसँगै प्रधानमन्त्री दाहालले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने माग उठिरहेको बेला प्रधानमन्त्री दाहालले भने संविधानको व्यवस्थाबमोजिम विश्वासको मत लिने हुनुभएकाे हाे ।

प्रधानमन्त्री दाहालद्धारा जारी पत्रमा असार २८ गते विश्वासको मत लिने उल्लेख गरिएकाे छ ।

एमालेले बुधबार मात्रै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि एमाले ८ जना मन्त्रीहरुले राजीनामा दिएका थिए ।

गत असार १७ गते नेपाली कांग्रेस र नेकपा (एमाले) बीच नयाँ समीकरण बनाउँदै सरकार गठन र संविधान संशोधनलगायत मुद्दा अघि बढाउने सहमति भएको थियो।


0
Shares

प्रतिक्रिया दिनुहोस !