२२ भाद्र २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

युवा पलायन रोक्न नेपालमा बीआरआई

प्रकाशित मिति :  २१ असार २०८१, शुक्रबार १८:५८


काठमाडौं । ‘ युवा विद्यार्थीहरु पढ्न मात्रै विदेश जान्छु भन्दा त खुसी नै लाग्छ । तर देशमा भविष्य नै नदेखेर पढाइको निउमा उतै सेटल हुन जान्छु भन्दा मन भारी बनाएर हामिले काम गर्नु पर्छ युवालाई सरकारले किन रोक्न नसकेको हो अचम्म लाग्छ ’ –कन्स्लटेन्सी व्यावसायी प्रदिप तिमल्सिना भन्नुहुन्छ ।

प्रदिप तिमल्सिना झै अर्का युवा सुन्दर कार्की भन्नुहुन्छ–‘ युवा रोक्नको लागी युवालाई युवा अनुसारको काम चाहिन्छ । हो कामले नै युवा रोकिने हो । कामको लागि सरकारले उचित व्यवस्था गर्नु पर्छ जस्तै पुर्व धारको विकास , औद्योगिक विकास, शिक्षा तथा तालिमर्, ,व्यापारीक अबसरहरु, विदेशी लगानीको आर्कषण यी पाँच कुरा भयो भने मात्र युवा नेपालमा रोकिएलान् तर नभए गाह्रो देख्छु ’ कार्की भन्नुहुन्छ ।

काकीले भनेझै युवा पालयन रोक्न नेपालमा मुख्यतया पाँच कुराको आवाश्यक रहन्छ । तर असम्भव पनि छैन ।
नेपालले हस्ताक्षर गरेको बीआरआई मात्र पनि कार्यनयन गर्ने हो भने सुन्दर कार्कीले भनेझै नेपालमा युवा रोकिने थिए होलान् । चीनको विशाल परियोजना विआरआई नेपाल जस्तो भुपरिवेष्ठीत मुलुकको लागि भने बरदान नै हुन्छ । किनभने बीआरआई कार्यनयनमा हुँदा नेपालको सामाजिक आर्थिक विकासमा क्रान्तिनै हुने देखिन्छ । कलकारखानमा झन् नेपाल अगाडी रहनछ ।

नेपाल विश्वको धेरै जनसंख्या भएको राष्ट्रको विचमा भएको देश हो । नेपालले सडक रेलमार्ग र कलकारखानामा मात्र पनि जोड दिदा नेपालको कायाँ पलट हुने देखिन्छ । फेरि बीआरआई मार्फत जोडिएको सडक केवल एक देशको लागि मात्र हुदैन । त्यो सडकले नेपाल जस्तो भुपरिवेष्ठित मुलुकको लागि धेरै देशहरु सँग जोडिने अबसर पनि प्रदान गर्दछ ।

माथि उल्लेखित गरेको पाँच कुराले कसरी युवा रोक्न मद्धत गर्दछ त्यो बुझौ । 

१) पूर्वाधारको विकास : बीआरआई अन्र्तगत सडक, रेलमार्ग, बन्दरगाहा, उर्जा परियोजनाहरुको विकासले देशमै रोजगारीको अबसरहरु खुलाउछन् । जसले गर्दा सही व्यक्तिले सही ठाँउमा रोजगारी भेट्दछन् । अझ यस्तो परियोजनाहरुले स्थानिय रोजगारीमा बृद्धि गर्दछन् । जसले गर्दा मानिस स्वदेशमै वस्न सक्छन् ।

२) औद्योगिक विकास : हो औद्यौगिक विकासले पनि युवा पलायन नेपालमा रोक्न पुरै मद्धत गर्दछ । बिआरआईले नेपालमा विभिन्न औद्योगिक क्षेत्रहरुको विकास गर्न मद्धत गर्न सक्छ । औद्योगिक विकासले उत्पादन र निमार्ण क्षेत्रहरुमा व्यापाक रोजगारीको र्सिजना गरेर युवा पलयान रोक्छ ।

३) शिक्षा र तालिम : बीआरआई अन्र्तगत नेपालमा सिक्षामा सुधार पनि पर्छ । अहिले नेपालमा समुदायीक स्कुलको सिक्षा प्रणलि पुरै विग्रिएको पाईन्छ । त्यसै कारण सामुदायीक स्कुलको शिक्षा सुर्धान र विश्वविद्यालयको शिक्षा सुधार्नन बीआरआईको लगानीले धेरै
ठूलो टेवा पुग्छ । बीआरआई अन्र्तगत विभिन्न तालिम केन्द्रहरु स्थापना गरेर युवाहरुलाई प्रविधिक र व्यावसायिक तालिम बीआरआईले दिन्छ । जसले गर्दा युवाहरुको सिप विकास हुन्छ र रोजगारीको अबसर र्सिजना हुनछ ।
४) व्यापारीक अबसरहरु : बीआरआईको सञ्जालले नेपाललाई अन्तर्राष्ट्रीय सडक सँग जोडेर नेपालीहरुलाई व्यापारीक अबसरको र्सिजाना गराउदछ । बीआरआईले नेपाली उत्पादनहरुलाई विदेशी वजारमा पुर्याएर उत्पादन सँगै समग्र देशकै व्यापार वढाउन मद्धत पुर्याउछ ।

५) विदेशी लगानीको आकर्षण : बीआरआई कार्यानन हुँदा नेपालको यावत क्षेत्रको विकासमा चमत्कार हुँदा विदेशी कम्पनी पनि यहाँ आएर बस्न सक्ने संभावना हुन्छ । जसले गर्दा नेपाल औद्योगिक युगमा प्रवेस गर्न समय लाग्दैन । त्यसैले गर्दा नेपालका युवा मात्र नभएर विदेशका युवा समेत नेपालमा रोजगारीको खोजिमा आउन सक्छन् ।

त्यसैले वढ्दो युवा पलायन रोक्नको लागि पनि नेपालमा बीआरआईको व्यापक आवाश्यक छ ।

 

 

 

 

 

 

 


339
Shares

प्रतिक्रिया दिनुहोस !