७ चैत्र २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

खानेपानी योजनाबाट दुई सय ५० जना लाभान्वित

प्रकाशित मिति :  २२ असार २०८१, शनिबार १६:२५


राजविराज (सप्तरी) । सप्तरीको रुपनी गाउँपालिकामा रुपनी खानेपानी योजना आयोजना सम्पन्न भएको छ । योजनाबाट रुपनी–१ स्थित कर्मचारी टोलका ५० घर परिवार लाभान्वित भएका छन् । रुपनी गाउँपालिकामा कार्यरत इञ्जिनीयर रमेश यादवले २२ लाखको लागतमा खानेपानी योजना सम्पन्न भएको जानकारी दिनुभयो ।

रुपनी गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादवले रुपनी खानेपानी योजनाले खानेपानी समस्या समाधान गर्न सहयोग पुगेको बताउनुभयो । रुपनी खानेपानी योजनाका अध्यक्ष तीर्थबहादुर खड्काले योजनाबाट करिब दुई सय ५० जना लाभान्वित भएको जानकारी दिनुभयो ।

 

 

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !