१० पुष २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

भारतको बिहारमा चट्याङ लागेर १९ जनाको निधन

प्रकाशित मिति :  २२ असार २०८१, शनिबार २१:२६


भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर कम्तीमा १९ जनाको निधन हुनुका साथै अन्य सात जना घाइते भएका छन् ।

पछिल्लो २४ घण्टामा राज्यका १० जिल्लामा मेघगर्जन र चट्याङसहित भारी वर्षा भएको थियो ।

वर्षाको समयमा खेतमा काम गर्ने र रूखमुनि आश्रय लिने व्यक्तिलाई चट्याङ लागेर धेरैको  निधन भएको अधिकारीले बताएका छन् ।

भारतको मौसम विभागले बिहारको उत्तरी, दक्षिणपूर्वी र दक्षिण मध्य भागहरूमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको भन्दै आगामी २४ घण्टाका लागि सावधानीका लागि सूचना (एलो अलर्ट) जारी गरेको छ ।

हरेक वर्ष मनसुन सुरु भएसँगै भारतमा चट्याङ लागेर सयौँको निधन हुने गरेको छ ।
-रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !