२३ भाद्र २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

फर्किएर चीन नेपाल मैत्री औद्योगिक पार्क हेर्दा, अनि केपी ओली सम्झदा

प्रकाशित मिति :  २३ असार २०८१, आईतवार ११:४७


काठमाडौं । २०७७ फागुन १६ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नु भएको चीन नेपाल मैत्री औद्योगिक पार्क झापामा बन्दा त्यस पार्कमा चीनका स्थापित बहुर्राष्ट्रीय कम्पनीहरु नेपाल आउन ठिक्क परेका थिए ।

पार्क पनि  लगभग निर्माण हुने अबस्थामा पुगेकाे थियाे । तर नेपालमा सरकार फेरवदलको चक्करमा त्यो पार्क अलपत्र पर्यो । आजको मितिमा आई पुग्दा पार्क बन्छ या वन्दैन भन्ने स्थितिमा  पुग्यो ।

जव केपी शर्मा ओलीलाई अनेकन गरेर त्यतिवेल प्रधानमन्त्रीबाट हटाइयो तव बन्नै लागेको पार्कको पनि चर्चा सकियो । अर्थात पार्क ओझेलमा पर्यो ।

केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाइएपछि झापामा पार्क वन्दा भारतको सुरक्षामा खतरा पर्छ भनेर नेपालीको खोल ओडेका भारतिय मानिसहरुले पार्क बन्न दिनुहुदैन भनेर विरोध गरिहहेका थिए ।

र त्यो विरोध आज सम्म पनि कायमै रहेको छ ।

भारतमै विभिन्न उद्योगहरुमा चीनको ठूलो लगानी रहेको छ । अहिलेको विश्वमा हालको परिवेश हेर्दा सबै मुलुकमा वाहिरी लगानी भएको पाईन्छ । ऋण खोजेर भएपनि वाहिरी लगानी भित्र्याउने पहिलो नंवरको देश भनेको अमेरिका हो ।

अहिले अमेरिका र चीनको संवन्ध राम्रो छैन । तर अमेरिका र चीनको संवन्ध नराम्रो भएपनि चीनको लागानी अमेरिकामा पनि धेरै छ ।

त्यसरी बाहिरि लगानी भित्र्याउने विश्वमै ट्रेण्ड चलिरहेको वेलमा भने अहिले नेपलामा आउँनै लागेको लागनी भने रोकिएको छ । त्यो पक्कै पनि राम्रो होइन ।

त्यसै कारण पनि अहिले नेपालमा लगानी वोर्डको खारेज गरिनुपर्छ भन्दै सदन सम्म पनि कुरा उठिरहेको छ । दुई हप्ता अघि मात्र नेमकिपाको संसद प्रेस सुवालले भन्नुभएको थियो । यो लगानी वोर्डको खारेज गरौं ।

झापामा पार्क वन्दा धरै लाभान्भित झापाका वासिन्दा भएपनि त्यसको समग्र लाभ भने देशभरिनै पर्थ्यो ।

आयात घट्ने र निर्यात वढाउने त्यो पार्कको उदेश्य रहेको थियो । नेपालमा भएको कच्चा पदार्थ जडिवुटीमा कुनै विदेशी शक्ति राष्ट्रकाे हस्तक्षेप वन्द हुन्थ्यो । झापामा वैदेशिक लगानीको पार्क वन्दा अरु क्षेत्रमा पनि नेपालमा विभिन्न मुलुकको सहयोगमा औद्योगि पार्कहरु बन्न सक्थे  । सोही अनुरुप नेपाल पनि औद्योगिक क्रान्तीको रुपमा अघि वढ्थ्यो । तर दमक, कमल र गौरादहको संगमस्थल रतुवा नदीको बगरमा बन्न लगेको पार्कको अनेकन शक्ति लागेर घाँटीनै निमोठिएको छ ।

 

अब के होला

केपी शर्मा ओली अब फेरी प्रधानमन्त्री बन्ने हुनुभएपछि अहिले फेरी उक्तपार्कले चर्चा पाउन थालेको झापाका स्थानिहरु बताउँछन् । जसले पार्क शिलान्यास गर्नु भयो उहाँ प्रधानमन्त्री हुँदा आशा पालाउने झापाका स्थानियको कुरा छ ।

अझ उहाँहरु भन्नुहुन्छ हामिले अत्याधिक मत दिएर जिताएर पठाएको व्यक्ति प्रधानमन्त्री हुनुहुने भएपछि हामिलाई सो पार्क वन्छ भन्ने लाग्छ ।

हाम्रो ठाँउमा औद्योगिक पार्क वन्छ भने पछि हामिले अत्यन्त कम मूल्यमा जग्गा   दियौ । आफ्नो ठाँउमा विकास आउने भएपछि जमिन दिएको हामिले अहिले पार्क नबन्दा भने हामि दुखी छौं । हामिले पार्कको शिलान्यासको खम्वा मात्र हेरेर वसिरहहनु परेकाे छ । धान फल्ने खेतमा कास उम्रेकाे हेर्न बाध्य छाै  झापाका स्थानीय भन्छन् ।

तर आजको दिनमा केपी ओली प्रधानमन्त्री हुनुहुने भएपछि हामि खुसी भएका छौ ।

चीन सँग पारवाहान सम्झौत गर्ने, भारत सग वन्दरगाहाको कुरा गर्ने । नेपालमा रेलको सपना साकार पार्ने ।  मिचिएकाे भूमी फिर्ता ल्याउने   देशै भर स्थानिय तहमा एकै चोटी अस्पतालको शिलान्यास गर्ने व्यक्ति प्रधानमन्त्री हुनुभएछि झापाको औद्योगिक पार्क पनि बन्नेछ भन्नेमा झापाका स्थानिय अहिले दंग छ्न् ।

युवालाई युवाअनुसारको काम दिन देशमा कलकारखाना स्थापनामा जोड दिनुपर्छ भन्ने सोच्ने कैपी शर्माले सातै प्रदेशमा पार्क वनाउने भनेपनि झापाको पार्कले भने गति लिएको थियो । तर आजको दिनमा पार्क अलपत्र परेको छ ।

६४ अर्व रुपैयाँमा लगानी स्वीकृत भएर दुई वर्ष भित्र निर्माण सम्पन्न  गर्ने भनिएको पार्क अहिले अलपत्र अबस्थामा परेको छ ।

झण्डै सुरुवाति चरणमै सयौ अन्र्तराष्ट्रय स्तरका उद्योगहरु सञ्चालनमा आउने भनेको पार्क नवन्दा स्थानिय वेखुसी हुन पनि स्वभाविनै हो ।

ठाउँको विकास सँगै स्थानियमा रोजगारीको सिर्जना गर्ने पार्क नवन्दा सम्रग देसले यसको मुल्य चुकाउनु परेको झापाका स्थानियहरु बताउँछन् ।

पार्क चीनको ल्हासा इकोनोमिक एन्ड टेक्निकल डिपार्टमेन्ट र जोन जिङपिङ क्रिएसन कन्स्ट्रक्सन कम्पनीको लिमिटेडको लगनीमा वन्ने भनिएको हो ।

तर अब असार २८ पछि प्रधानमन्त्र बन्नुहुने एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री  भएपछि उक्त पार्क निमार्णले गति पाउँने स्थानिय बताउँछन् ।


452
Shares

प्रतिक्रिया दिनुहोस !