३ माघ २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

केपी ओली माथि नै किन प्रहार? के छिमेकी कम्फरटेवल सरकार वनाउन खोजेको हो ?

प्रकाशित मिति :  २३ असार २०८१, आईतवार १६:५५


काठमाडौं । केपी शर्मा ओली प्रधानमन्त्री हुने कुरा अहिले भएको होइन । केही महिना देखिको गृहकार्य पछि मात्रै उहाँ प्रधानमन्त्री बन्न लाग्नु भएको हो ।

तर केही महिना देखिनै उहाँको साख गिराउने पक्ष नेपालमा खुलेरै लागेको पाईनछ ।

चुपचाप उहाँलाई रेगुलर प्रहार गरेर उहाँको साख गिराउन थालिएको छ । यसो हुनुमा विदेशि शक्तिको ठूलो चलखेल होकी भनेर समेत आंकलन गर्न सकिन्छ ।

नेपालमा २०७२ सालमा संविधान आयो । त्यतिवेला पनि देशका प्रमुख पार्टी एक हुँदा संविधान आएको थियो । त्यो संविधान आउँदा छिमेकी देशको ठूलो आपत्ति भएको थियो । छिमेकी देसले अघोषित नाकाबन्दीनै लगाएको थियो । त्यतिवेला समेत ओलीले नाकावन्दीकाे डटेरै समाना गर्नु भएकाे थियाे ।  अहिले देशमा संविधान संसोधन गर्ने वेला भएको छ । अहिले नेकपा एमाले र नेपाली कांग्रेस एक भएर संविधान संसोधन गर्ने भनेर उभिरहदा देस बाहिर बाट नेपाल माथि प्रहार आउने थालेको बुझिएको छ ।

प्रदेश सभाको समानुपातिक संसद खारेज गर्ने। राष्ट्रीय सभाको अध्यक्षको ठाँउमा उपराष्ट्रपतिलाई राख्ने । प्रतिनिधि सभाको समानुपाति सदस्यलाई राष्ट्रीय सभामा राख्ने भन्ने विषयमा संविधान संसोधन गर्न थालिएको छ । जुन आजको माग पनि हो ।

यो कुराले नेपालको राजनीतिमा स्थिरताको जग बसाल्छ । यसो हुदाँ नेपालको राजनीतिमा खेल्न नपाईने भएर पनि छिमेकी देशले यसो गर्न थालिएको बुझिन्छ ।

नेपालमा प्रधानमन्त्रीको रुपमा केपी शर्मा ओली आउँदा देसी विदेसी शक्तिको नेपालमा हावी नहुने भएर अहिले नेपालमा अनेकन गरेर केपी शर्मा ओलीको हुदै नभएको कुरा गरेर साख गिराउ थालेको पाइन्छ ।

अहिले देशमा जता तेतै वाढी पहिरो ले आंक्रान्त पारेको छ । त्यस्तो बेलामा सबैले एकजुट भएर विपतमा परेको मानिसको उद्धार गर्नु पर्छ । दोष रोपण गरेर हुँदैन ।

अहिले देश यस्तो प्राकृतिक विपतमा परेको वेला विभिन्न कुराहरु ल्याएर विपतमा परेकालाई सहयोग गर्न छाडेर केही व्यक्तिहरु केपी शर्मा ओलीको विरोध गरिरहेको पाईन्छ । यो सरासर गतल हो ।

तर केपी शर्मा ओलीलाई केही महिना देखि दोष, आरोप लगाउन थालिएको हो । जव कांग्रेस एमाले मिलेर सरकार बनाउने कुरा बाहिर आएको थियो त्यो वेला देखिनै केपी शर्मा ओलीलाई दोष , आरोप लगाउन थालिएको बुझिएको छ ।

नेपालमा सकेसम्म तह लगाउन सकिने व्यक्ति प्रधानमन्त्री होस् भन्ने छिमेकी राष्ट्रको धारण हुन्छ । ओली प्रधानमन्त्री हुँदा तह लगाउन नसक्ने हुँदा नेपालमा क्षणिक भाइरल व्यक्तिलाई अघि सारेर केपी ओलीको साख गिराउन खोजिएको हो कि भनेर पनी आंकलन गर्न सकिन्छ ।

जो व्यक्ति प्रधानमन्त्री हुँदा देश विदेशमा राम्रो सम्वन्ध बनायो, नेपाललाई उचित सम्मान दियो । त्यस्तो व्यक्ति प्रधानमन्त्री हुँदा नेपालको राजनीतिमा कति पनि खेल्न नसकिने हुँदा गोप्य रुपमा केही तत्वहरुलाई छिमेकी देशले उचालेको हुन सकने आंकलन गर्न सकिन्छ ।

विपदमा सबै मिलेर सहयोग गर्ने हो । विपद्मा पनि दोष, आरोप लागनु भनेको त्यो राम्रो होइन । अहिले समस्या काठमाडौं वासिको मात्र होइन समस्या समग्र देशको हो । समग्र देश अहिले वाढी पहिरो माथि जुधिरहेको छ ।

यस्तो वेलामा केही नीति निमार्णको तहमा जिम्मेवार मानिसले कसैलाई दोष लगाएर उम्कन मिल्छ? अहँ मिल्दैन ।

अहिले मात्र नभएर केपी शर्मा ओलीलाई वेला वेलामा अनेकन दोष लाग्ने गरेको छ । अहिले प्रधानमन्त्रीको कुर्सीमा बस्ने निश्चित भएपछि देसी विदेशी शक्ति लागेर उहाँलाई अपमान गराउन खोजिदै छ । अर्थात नेपालमा छिमेकीलाई कम्फरटेवल सरकार वनाउन खोजिदै छ भन्दा फरक पर्दैन ।

अहिले पुरै अल्पमतमा परेको प्रचण्ड सरकारले राजिनामा नदिनु , केही दिनको म्याद माग्नु, र यसरी केपी शर्मा ओलीको आलोचना गर्ने व्यक्ति बढ्नु यो भने पक्कै पनि राम्रो हैन ।

 

 

 


0
Shares

प्रतिक्रिया दिनुहोस !