२२ भाद्र २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नेपालमा अन्याेल बीआरआई, इन्डोनेशियामा हाईहाई

प्रकाशित मिति :  २५ असार २०८१, मंगलवार १५:०२


काठमाडौं । केही वर्ष पहिले सम्म नेपालमा जस्तै इन्डोनेशियामा बीआरआईको विरोध हुन्थ्यो । केहीले बीआरआई आवाश्यक छ भन्थे भने केहीले आवाश्यक छैन भन्थे । त्यसै कारणले गर्दा बीआरआई इन्डोनेशियामा पुरै अलमलमा थियो ।

तर विरोधको बाबजुत पनि इन्डोनेशियामा बीआरआई कार्यान्यनमा आयो । त्यसपछि बनेको सडकमार्ग र रेलमार्गले अहिले इन्डोनेशियाका नागरिकको आर्थिक विकासमा क्रान्तिनै भएको छ ।

जसले गर्दा अहिले इन्डोनेशियामा खुलेरै बीआरआईको स्वागत गर्छन ।

हालै इन्डोनेशियामा एउटा द्रुत रेलसेवा सञ्चालनमा आएको छ । जुन बीआरआई अन्र्तगतको योजना हो । त्यो रेलसेवाले राजधानी जकार्तालाई एउटा लोकप्रिय पर्यटकीय गन्तव्य बाङ्डुङसँग जोड्छ ।

तीन सय पचास किलोमिटरको दूरी अब तीन घण्टाको साटो रेलका कारण ४० मिनेटमै पूरा हुन्छ ।

इन्डोनेशियाको द्रुत रेलसेवा वुशले राजधानीदेखि पर्यटकीय गन्तव्यहरूको यात्रा अवधिलाई छोट्याउन मद्धत गरेको छ ।

ठूला ठूला बाटघाटाको विकास भएको छ । यसले मानिसको यात्रा अवधि मात्र छोट्याएको छैन । समयको वचत पनि भएको छ । इन्डोनेशियामा सडक मार्ग र रेलमार्गले आर्थिक उपाएहरु निकै खोलिएका छन् । कुना कन्दराका समानले मूल्य पाएको छ । जसले गर्दा हरेक घर घरमा आर्थिक क्रान्ति हुँदैछ ।

सोही कारण अहिले इन्डोनेशियाका मानिसहरू बीआरआई परियोजनाको प्रशंसा गर्छन् ।

पहिले इन्डोनेशियामा जस्तै अहिले नेपालमा पनि मानिसहरु बीआरआईका विभिन्न कुराहरु गर्न थालेका छन् ।

अहिले बीआरआईको कुरा चियाँ पसल देखि सदन सम्म हुने गरेको छ । तर पनि बीआरआईको बारेमा नेपालमा ठोस रणनीति बनेको भने पाइएको छैन ।

कहिले अनुदान हो भने लिने  भन्ने कहिले थोरै व्याजदरको ऋण हो भने लिने भन्ने कहिले लिनै नहुने भन्ने कारणले गर्दा नै नेपालमा सम्झौता भइसकेको बीआरआई कार्यानयनमा समस्या आएको छ ।

विकासको कडी हो बीआरआई

नेपालको विकासको कडी बीआरआईलाई अहिले अलपत्र पार्नको लागि कैयन मासिहरु लागि परेका छन् । बीआरआई अन्तरर्गत सुचारुहुन थालेका कतिपय परियोजनाहरु पनि अलपत्र अबस्थामा रहेको छन् ।

जसरी इन्डोनेशियामा बीआरआई मार्फतको रेलसेवाले कमाल गर्यो त्यसरीनै अहिले बीआरआईले नेपालमा पनि कमाल गर्नेबालमा थियो । तर नेपालमा केही शक्तिहरुले बीआरआईको घाँटी नै निमोठि दिन थालेका छन् ।

बीआरआई चीनको विशाल महत्वकांक्षि परियोजना हो । नेपालमा बीआरआई मार्फतका परियोजनाहरु सडक मार्ग, रेलमार्गले मात्र पनि नेपालको कायापलट हुनेबाला थियो ।
कल्पना गरौं त । चीनको एक मानिस जिवनकालमा एक पटक मात्र गौतम बुद्धको जन्मथलो लुम्विनी आए भने ।

अहिले लुम्बिनी  र चीन दूरीको हिसावले नजिकै छ । तर भोगोलिक विकटताले गर्दा टाढा छ । किनभने चीन सँग सिधै सम्पर्क जोडिने रेलमार्ग नेपालमा छैन । राम्रा बाटा घाटा नेपालमा छैन । तर बीआरआई नेपालमा भित्रिएर रेलमार्गमात्र जतातेर्तै वन्ने हो भने पनि नेपालको पर्यटन व्यवसायमा चमत्कार हुने छ ।

अहिले नेपालमा कतिपय उत्पादनहरु यातायातको साधनको अभावका कारण सहर वजार बाट वञ्चित हुनु परेको छ । अर्थात ठाँउको ठाँउमै कुहिएर बसेको छ ।

त्यस्ता उत्पादनले नेपालमा ठूलो अर्थिक क्रान्ति ल्याउन सक्छ । त्यसैले पनि नेपालको विकासको कडी भनेकै बीआरआई हो ।

अर्को कुरा बीआरआई मार्फत आउने लगानीले नेपालमा ठूला ठूला उद्योगहरु खोल्ने भनिएको थियो । ठूला ठूला उद्योगहरु नेपालमा खोल्दा नेपालको पनि आयत घटेर निर्यात वढ्ने हुन्थ्यो । नेपाली कच्चा पदार्थको भरपुर सदुपयोग हुन्थ्यो । त्यसले पनि नेपालको जी डी पी वढाउन ठूलो मद्धत गर्दथ्यो ।

अहिले नेपालीले नेपालमा राम्रा सडक मार्ग, रेलमार्ग नभएर ठूलो दु :ख पाइरहेका छन् । अहिले नेपालमा सडकको विकास र रेलको विकास हुने हो भने नेपालमा ठूलो अर्थिक क्रान्ति हुन्छ ।

सडक मार्ग र रेलमार्गबाट विभिन्न देश सँग जोडिने अबसर पाउने नेपालले बीआरआई अस्विकार गर्दा विकासबाट टाढा हुनु परेको छ ।

 

 

 

 


1.4k
Shares

प्रतिक्रिया दिनुहोस !