‘रवि क्लब’बाट निष्कासित भएपनि घण्टी बजिरहन्छ : मुकुल ढकाल
प्रकाशित मिति : २५ असार २०८१, मंगलवार १६:१४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री र पार्टी प्रवक्ताबाट हठाएपछि डा. मुकुल ढकालले आफू रवि लामिछाने क्लबबाट निष्कासित भएको टिप्पणी गरेका छन् ।
मंगलबार बिहान बसेको पार्टी केन्द्रीय समितिको बैठकले ढकाललाई साधारण सदस्य मात्र रहनेगरी पदमुक्त गरेको थियो ।
निलम्बनपछि ढकालले रास्वपालाई रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने संकल्प नरोकिने बताउनुभयाे ।
‘रवि लामिछाने क्लबबाट निस्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टी भित्र घण्टी बज्न रोकिँदैन, रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने संकल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन । बाँकी कुरा भोलि…,’ उहाँले सामाजिक सञ्जालमा लेखेका छन् ।
अभद्र, अमर्यादित, अशोभनीय र पार्टी हितविपरित काम गरेको भन्दै ढकाललाइ रास्वपाले पार्टीबाट निष्काशित गरेको हो ।
0
Shares