२० पुष २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नेप्से परिसूचक १५.७९ अंकले बढ्यो

प्रकाशित मिति :  २५ असार २०८१, मंगलवार १६:४३


काठमाडौं । मंगलबार(आज) सेयर बजार नेप्से बढेको छ । आज नेप्से परिसूचक १५.७९ अङ्क बढेर बन्द भएको हो ।

मंगलबार २१५२.१४ विन्दुमा बन्द भएको नेप्सेको कारोबार रकम बढेर ५ अर्ब ५३ करोड ५९ लाख रुपैयाँ बराबरको १ करोड १६ लाख ६१ हजार कित्ता शेयर खरिदबिक्री भयो ।

सेन्सेटिभ इन्डेक्स ३.४७ अंक बढ्यो भने फ्लोट इन्डेक्स १.११ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.३२ अंकले बढेको छ । मंगलबार गणपति लघुवित्त वित्तीय संस्था र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयर मूल्य करिब १० प्रतिशत बढेको छ । साथै युनिक नेपाल लघुवित्तको शेयर मूल्य साढे ९ प्रतिशतभन्दा बढी बढ्दा नेपाल फाइनान्सको शेयर मूल्य सर्वाधिक ४ प्रतिशतले घटेको छ ।

नेपाल फाइनान्सको १६ करोडभन्दा बढीको शेयर कारोबार भयो भने जानकी फाइनान्सको कारोबार रकम साढे १३ करोड नाघेको छ । १३ उपसमूहमध्ये मंगलबार ८ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !