५ चैत्र २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

आज दशैंकाे तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

प्रकाशित मिति :  २६ असार २०८१, बुधबार ११:१९


काठमाडौं । आज नेपालीहरुको महान चाड बडादशैंको तेस्रो दिन,चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदैछ ।

नवरात्रको तेस्रो दिन दुर्गा भवानीका ९ रुपमध्ये चन्द्रघण्टा देवीको पूजा आराधना गर्ने गरिन्छ । शिरमा घण्टा आकारको चन्द्रमा भएकाले यिनलाई चन्द्रघण्टा भनिएको हो । चन्द्रघण्टाको स्वरूप स्वर्णमय, शान्त र सौम्य भएको मान्यता छ ।

भयनाश, दुष्ट प्रवृत्तिको नाश र आध्यात्मिक तथा आत्मिक शान्तिका लागि चन्द्रघण्टा देवीको आराधना गर्ने परम्परा छ । चन्द्रघण्टा देवीको विधिपूर्वक आराधना गर्नाले काममा आइपर्ने बाधा व्यवधान हट्ने विश्वास समेत गरिन्छ ।

घटस्थापना गरेसँगै नवदुर्गाका ९ वटा रूपको पूजा गर्ने परम्परा छ ।  पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाताको पूजा आरधना गरिन्छ । त्यसैगरी छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।

दशैंको तेस्रो दिन आज बिहानैदेखि देशभरका दुर्गा मन्दिर र शक्तिपीठमा भक्तजनको भीड लागेको छ । काठमाडौंको दक्षिणकाली, भद्रकाली, मैतीदेवी, नक्साल भगवती तथा देशभरका शक्ति पीठहरुमा नवरात्रभर विशेष पूजा आराधना गरिन्छ ।

असत्यमाथि सत्य र आसूरी शक्तिमाथि दैवी शक्तिको विजयका रुपमा मनाइने बडादशैं नौ दिनसम्म मनाइन्छ । घटस्थापनाका दिन जमरा राखेर नवमीसम्म घरघरमा देवी भवानीको पूजा आराधना गरिन्छ ।


226
Shares

प्रतिक्रिया दिनुहोस !