२३ भाद्र २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

नेपालमा के भएर अड्कियो बीआरआई ?

प्रकाशित मिति :  २७ असार २०८१, बिहीबार १८:१३


काठमाडौँ   । नेपालमा के भएर अड्कियो बीआरआई भन्ने कुरा नै अन्योल छ । तर बीआरआई कार्यानयनमा नआउनुमा विभिन्न राष्ट्रहरु खुलेरै लागेको पाईन्छ । सोही कारण नेपालमा बीआरआई अड्कीएको हो भनेर आंकलन गर्न सकिन्छ ।

अर्काथरी मानिसले भन्ने गर्छन् भारतले बीआरआई स्वीकार नगरेसम्म नेपालमा बीआरआई कार्यानयनमा आउदैन ।

अहिले भारत बीआरआईको विपक्षमा उभिएको छ । अर्थात भारतले बीआरआईको नाम पनि उच्चारण गर्न चाहादैन । भारत बीआरआईको विपक्षमा उभिनु र नेपालमा बीआरआई कार्यानयनमा नआउनु अचम्म लाग्दो छ । यसलाई संकाको दृष्टिले समेत हेरिएको छ ।

 

एजेण्डा क्लिएर हुँदा हुदै पनि बीआरआई नेपालमा असफल बनाउन लाग्ने तत्वहरु धेरै भएको पाईएको छ ।

नेपालाई विश्वसँग जोड्ने बीआरआई सन् २०१७ मा हस्ताक्षर भएर कार्यानयनमा आउन नसक्नु भनेको यो समग्र नेपालीको लागि दुःखको कुरा हो ।

तर जुन दिन भारतले बीआरआई स्वगत गर्छ त्यो दिन नेपालमा बीआरआईले पाईला राख्छ भन्ने मानिसको जमात पनि धेरै छ ।
उनीहरु भन्छन् अहिले भारतले बीआरआईको स्वागत गरेको छैन अनि नेपालमा अलमल परेको हो ।

अहिले भारतले बीआरआईको चर्को विरोध गरिरहेको छ । भारतले विरोध गर्नु भनेको भारत अमेरिका सँग लम्पसार भएर हो भनेर पनि आंकलन गर्न सकिन्छ । अहिले भारत आफ्नो छिमेकी मुलुक चीन सँग टाढिएर अमेरिका सँग मिलेको छ । अमेरिका फेरी कसो गरि चीन लाई असफल बनाउने हो भनेर लागि परेको छ ।

नेपालमा मात्र नभएर हालसम्म नेपालसहित १२६ देश तथा २९ वटा अन्तर्राष्ट्रिय संस्थाले बीआरआईमा हस्ताक्षर गरिसकेका छन् ।
कतिपय हस्तारक्षर गरेको मुलुकमा बीआरआई कार्यानयनमा पनि आईसकेको छ । जस्तै इन्डोनेशियामा अहिले बीआरआईको सर्वत्र चर्चा हुने गरेको छ । त्याहाँ बीआरआईको हाईहाई छ ।

। तर पश्चिमा शक्ति राष्ट्रहरूले बीआरआईलाई शङ्काको दृष्टिले हेर्ने गरेको छन् । चीनले यो बीआरआइमार्फत विश्वमै आफ्नो सञ्जाल फैलाउँछ कि भन्ने आशङ्का पश्चिमाहरूको छ । त्यसलाई कसरी असफल बनाउन सकिन्छ भन्नेमा उनीहरू केन्द्रित देखिएका छन् । त्यसको प्रभाव नेपालमा पनि देखिएको जानाकारहरु बताउँछन् ।

बीआरआई कार्यान्वयन भएमा नेपालले भौतिक पूर्वाधारको क्षेत्रमा ठुलो उपलब्धि हासिल गर्न सक्ने विज्ञहरुको वुझाई छ ।

चीन र नेपालले बीआरआईलाई व्यापक रूपमा सबै क्षेत्रमा पारस्परिक सहयोग गहिरो बनाउने, समृद्धिको साझा प्रयास गर्ने र यस क्षेत्रमा शान्ति, स्थिरता र विकास कायम गर्न आफूलाई समर्पित गर्ने अवसरका रूपमा लिएको उल्लेख छ ।

भारत र चीनको सम्बन्धमा सुधार नभएसम्म नेपालमा बीआरआई कार्यान्वयनमा गाह्रो हुने धेरै जानकारहरु बताउछन् ।

नेपाल सरकार तथा राजनीतिक दलहरू बीआरआइलाई लिएर विभिन्न देशको दबाबमा रहेको बुझिन्छ । भूराजनीतिले गर्दा नेपालमा बीआरआई सम्झौता कार्यान्वयन गराउन गाह्रो देखिएको कतिपय विज्ञहरु बताउछन् ।

चीनले आफूजस्तै छिमेक पनि विकसित होस् भन्ने चाहेर नै नेपालसँग त्यस्तो सम्झौता गरेको र नेपालले पनि त्यो कुरा बुझेको र अन्य छिमेकी देशहरुले गर्दा नेपालमा बीआरआई कार्यानयन मा ढिलाई भएको कतिपयको तर्क छ ।

बीआरआई कार्यान्वयन भएमा नेपालले भौतिक पूर्वाधारको क्षेत्रमा ठुलो उपलब्धि हासिल गर्न सक्ने बुझिन्छ ।

 


904
Shares

प्रतिक्रिया दिनुहोस !