२३ भाद्र २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

युक्रेन- रुसको चपेटामा नेपाली, घरमा छैन शान्ती , सरकारलाई छैन वास्ता

प्रकाशित मिति :  २८ असार २०८१, शुक्रबार १६:३३


काठमाडौं । अहिले युक्रेन रुसको द्धन्द्धको चपेटामा नेपाली परिरहेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र माेदीले  आफ्नो देशको नागरिक ल्याउन  त्यही पुगेर पहल गरिरहँदा, ल्याउने सहमति गरिरहँदा । करार सकिएका नेपालीहरु समेत   टुलुटुलु हेरेर बस्न बाध्य भएका छन् ।  यस्ताे संवेदनशिल कुरामा सरकारकाे कुनै चासाे भएकाे पाइदैन ।

हालसम्म रुसी सेनामा कार्यरत कति नेपाली रहेको भनेर आंकडा नभएपनि रुसी सेनामा कार्यरत ५० भन्दा धेरै नेपालीले ज्यान गुमाइसकेको पाईएको छ ।

कति अस्पतालमा उपचारमा छन् भने कोही अंग भंग भएर विजोक अबस्थामा रहेका छन् ।

कति सम्पर्क विहिन छन्, तिनको लेखा जोखा छैन ।

कति नेपाली रुसमा छन् भनेर नेपालमा तथ्याङ्का नभएपनि नेपालमा ३१९ जनाको परिवारले सरकारलाई नेपाल फर्काउन निवेदन दिएका छन् ।

महिनाको लाखौं कमाइने सपना बोकेर नेपालबाट रुसी सेनामा भर्नाहुन गैर कानुनी बाटोबाट रुस पुगेका नागरिक अनि नागरिकको परिवालाई कति पनि शान्ती छनै ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी सेनामा भर्ना भएका नागरिकको लागि अफै पुगेर ल्याउन पहल गरेको र .पहल सफल हुदाँ समेत नेपालमा भने नेपाल सरकार आफ्नो पद जोगाउन विस्वासको मत लिईरहेको राम्रो भने होइन ।

पैसा कमाउन कै लागि रुसी सेनामा कार्यरत नेपाली नागरिक ज्यानकै वाजी थापेर पनि रुस गएका छन् ।

ज्यान धरापमा हुने थाहा पाउदाँ पाउदै पनी उनीहरु रुस गएको पाइएको छ । अझै पनी मलाई रुस लैजाउ म लागेको रुपैयाँ दिन्छु भन्ने मानिसको जमात पनि वढ्दो रहेको छ । सोही कारण विचौलियालाई लाखौं रुपैयाँ दिएर रुसी सेनामा भर्ना हुन चाहाँने नेपालीको जमात धेरै छ ।

तर रुस गएपछि त्यहाँको विजोग देखेर नेपाल आउन चाहाने व्यक्तिलाई नेपाल आउन रुसले पनि नेपाल आउन नदेको र नेपाल सरकारले पनि चासो नदिएको पाईन्छ ।

जति समय सम्मको लागि भनेर करार गरिएको थियो । त्यो करार सकिएपनि उनीहरुलाई रुसले रोकेको छ । त्यो कुरा नेपाल सरकारलाई थाहा हुदाँ हुदै पनि कुनै पनि प्रकृया वढाएको छैन ।

तर जे भएपनि बर्ताबाट सवधान हुने कुरालाई भारत रुस गएर वर्ता गरेर भारतिय नागरिक फिर्ता ल्याउन सफल भएपनि नेपाल सरकार भने सत्ता र स्वार्थकै खेलमा लागेको पाइएको छ ।

नेपालीहरुले विचौलियालाई ६ देखि १० लाख सम्म रुपैयाँ बुझाएर रुस गएको पाईएको छ ।

परराष्ट्र मन्त्री नारायणकाजि श्रेष्णले केही पहल गरेपनि पुर्णरुपमा केही पहल नगरेको पाईएको छ । हाम्रै छिमेकी मुलुकको प्रधानमन्त्री रुस गएर आफ्नो नागरिक लैजाने हुँदा समेत हामीलाई कुनै किसिमको पहल नभएको रुसी सेनामा कार्यरत नेपाली नागरिकको भनाई छ ।

उहाँहरु नेपालले नसके चीन वा भारतको सहयोग लिएर भएपनि हामिलाई फिर्ता लैजानु पर्थ्यो । तर त्यसो हुन नसकेको उनीहरुको भनाई छ ।

 

रुसी सेनामा कार्यरत नागरिकको परिवारले काठमाडौंमा आएर विभिन्न पहल गरिरदा समेत नेपालमा केही चासो नभएको पाइएको हो ।
परराष्ट्र मन्त्री नारायणकाजि श्रेष्ठले त्यति चासो नदिएको पनि पाईन्छ । सरकार पदजोगाउन लागिपरेको छ ।

त्यसैले गर्दा हाम्रो कुरा कसले सुन्ने एक रुसी सेनामा कार्यरत नेपाली नागरिकको श्रीमतिले बताउनुभयो ।

अब के हुन्छ ।

जसरी अफगानस्थानबाट नेपाली फिर्ता ल्याइयो त्यो पनि आफ्नो जहाजमा त्यसरीनै अब चाहि केपी शर्मा ओली प्रधानमन्त्री भएपछि फिर्ता ल्याउने रुसी सेनामा कार्यरत नेपालीहरुको भनाई छ ।

जे कुरा पनि शक्तिशालि हिम्मत भएका प्रधानमन्त्री हुदाँ मात्र सम्भव हुने बताउँदै उनिहरुले भने अब नेपाललमा शक्तिशाली प्रधानमन्त्री आउनेवाला हुनुहुन्छ । हामिलाई पुरै आसा भरोसा छ केपी शर्मा ओली प्रधानमन्त्री भएपछि हामी नेपाल फर्कने छौ उहँँहरुको भनाई छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आएर आफ्नो नागरिक लैजादा के नेपालमा भने सत्ता कै पछि कुद्नु पर्ने हो रुसी सेनामा कार्यरत नेपालीले भने ।

अहिले रुसी सेनामा कार्यरत नेपाली नागरिकको परिवारमा दिनमा भोक र रातमा निन्द्रा छ्रैन । परिवारको सदस्य कति खेर गुमाउने हो अत्तो पत्तो छैन । नेपाली नागरिकले बाटो विराए पनि माफ गरेर भएपनि अहिले यस्तो स्थितिमा हामिलाई नेपाल ल्याउनु पर्ने हो । रुसी सेनामा कार्यरत नेपालीले भने ।

 

 

 


791
Shares

प्रतिक्रिया दिनुहोस !