केपी शर्मा ओलीद्धारा प्रधानमन्त्रीमा दावी पेस
प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार २१:५७
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केशी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेश गर्नुभएको छ ।
प्रधानमन्त्रीले विस्वासको मत नपाएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गर्नु भएको थियो ।
सोही अनुसार प्रधानमन्त्रीमा केपी शर्मा ओलीले दावी गर्नुभएको हो ।
आजै राष्ट्रपति भवन शीतल निवास पुगेर अध्यक्ष ओलीले दुई वा दुईभन्दा बढी दलको सरकार बनाउने सम्बन्धी संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्रीमा दाबी पेश गर्नुभएको हो ।
0
Shares