३० फाल्गुन २०८२, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

मुकुल ढकालले भने– ‘स्वर्णिम वाग्लेको सचिवालयबाट मलाई कुट्ने धम्की आयो’

प्रकाशित मिति :  14 July, 2024 1:01 pm


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्रीबाट बर्खास्तमा परेका डा. मुकुल ढकालले पार्टी उपसभापति स्वर्णिम वाग्लेको सचिवालयबाट पटक पटक कुट्ने धम्की आएको आरोप लगाएका छन् ।

उहाँले आज सामाजिक सञ्जालमार्फत वाग्लेको सचिवालयबाट पटक पटक आफूलाई धम्की आएको जनाएका हुन् ।

सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ’स्वर्णिम वाग्लेको सचिवालयबाट मलाई पटक पटक फोन गरे , फोन उठाइन । मसँगै बस्ने भाइलाई फोन गरेर’ मुकुललाई कुट्छु, त्यसलाई छोड्दिनु’ लगायत अनेक भनेकाले हिजै राति इलाकाको डीएसपीलाई फोन गरेर सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गरेको छु ।’

रास्वपाबाट कारबाहीमा परेपछि ढकालले नेतृत्वको भण्डाफोर गर्दै आएका छन् ।


0
Shares

प्रतिक्रिया दिनुहोस !