४ माघ २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

मन्त्रीहरुको टुंगो लगाउन डा.शेखर समूह छलफलमा

प्रकाशित मिति :  ३० असार २०८१, आईतवार १३:०६


काठमाडौं । कांग्रेस इतर समूहका नेता डा. शेखर कोइरालाले नयाँ सरकारमा पठाउने मन्त्रीहरुका विषयमा आफू निकटका नेताहरुसँग छलफल गरेका छन् ।

आइतबार विशालनगरस्थित सचिवालयमा बसेको बैठकमा उनले पछिल्लो राजनीतिक अवस्था र समूहबाट सरकारमा सहभागी गराउने मन्त्रीहरूको टुंगो लगाउन छलफफ गरेका हुन् ।

बैठकमा कांग्रेस उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्री बद्री पाण्डे, नेताहरु जीवन परियार, अर्जुननरसिंह केसी, बलबहादुर केसी, दिलेन्द्र बडु, डा. मिनेन्द्र रिजाल, र डा.चन्द्र भण्डारीलगायतको सहभागिता थियो ।

छलफलमा नेताहरूले आ–आफ्नो धारणा राखेका थिए । नयाँ सत्ता समीकरण भएसँगै मन्त्रीहरू टुंगो लगाउन दौडधुप जारी रहेको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !