४ माघ २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

मन्त्री श्रेष्ठले भने : सबैजना मेरो मार्गदर्शक हुनुभयो

प्रकाशित मिति :  ३० असार २०८१, आईतवार १४:१२


काठमाडौं । युवा तथा खेलकुदमन्त्री बिराजभक्त श्रेष्ठले अहिलेसम्म पदीय जिम्मेवारीमा बसेर आफ्नो दायित्व इमान्दारितापूर्वक निभाएको बताउनुभएकाे छ ।

मन्त्रालयबाट बाहिरिँदै गर्दा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले मर्यादामा बसेर पदीय जिम्मेवारी निभाएको बताउनुभएकाे  हाे ।

उहाँले भन्नुभयाे, ‘मेरो यो पहिलो कार्यकारी अनुभव हो । त्यसैले सबैजना मेरो मार्गदर्शक हुनुभयो । मन्त्रालयमा आउँदा कोही कसैसँग ब्यक्तिगत आग्रह पूर्वाग्रह थिएन् । एकदमै ओपनमाइनडेड भएर आएको हुँ । मेरो पदीय दायित्व मर्यादामा बसेर निष्ठाका साथ गर्छु भनेर स्पष्ट थिए ।’

साथै उहाँले धेरै राम्रो गर्न मन हुँदाहुँदै पनि कतिपय काम गर्न नसकिएकोमा दुःख लागेको बताए । उनले छोटो समयमा पनि क्षमताले भ्याएजति काम गरेको जिकिर गर्नुभयाे ।

उहाँले भन्नुभयाे, ‘हामी यताबाट गइसकेपछि अब प्रतिपक्षमा हुन्छौं । खेलकुद मन्त्रालयमा काम गर्न धेरै नै पेचिलो रहेछ ।’

साथै उहाँले खेलकुदमा भएका उपलब्धी सामूहिक भएको बताए । उहाँले राम्रा काम सबैको र नराम्रो जति कामको सबै जिम्मेवारी आफूले लिएको बताउनुभयाे ।

 

 

 


0
Shares

प्रतिक्रिया दिनुहोस !