२८ श्रावण २०८३, बिहिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सामुदायिक वनमा ७२ हजार बिरुवा रोपियो

प्रकाशित मिति :  14 July, 2024 2:40 pm


त्रिवेणी (रुकुमपश्चिम) । यस वर्ष जिल्लाभरका सामुदायिक वनमा ७२ हजार चार सय १८ वटा बिरुवा रोपिएको छ । जिल्लास्थित डिभिजन वन कार्यालयमार्फत सामुदायिक वन उपभोक्ता समूहको समन्वयमा विभिन्न प्रजातिका ७२ हजार चार सय १८ बिरुवा रोपिएको हो ।
हालसम्म रोपिएका बिरुवामध्ये ४७ हजार दुई सय ५० अनुदानमा सामुदायिक वनलाई वितरण गरिएको भन्दै बाँकी २५ हजार एक सय ६८ वटा बिरुवा खरिद गरेर कार्यालय आफैँले वृक्षरोपण गरेको वन कार्यालयका निमित्त कार्यालय प्रमुख शेरबहादुर परियारले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा बढी ४३ हजार पाँच सय ५० टिमुरका बिरुवा रोपिएका छन् ।
सामुदायिक वनलाई हराभरा बनाउने, वनबाट आर्थिक अवस्था सुदृढ बनाउने उद्देश्यले वृक्षरोपणलाई जोड दिइएको परियारले बताउनुभयो । बिरुवा तथा अन्य सामग्री खरिदमा रु २० लाख खर्र्च भएको डिभिजन वन कार्यालयले जनाएको छ ।
-रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !