४ माघ २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

गुनासो नआउनेगरी काम गरौँः मन्त्री गुप्ता

प्रकाशित मिति :  ३१ असार २०८१, सोमबार १९:३४


काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले निजामती कर्मचारीको सरुवा तथा व्यवस्थापनमा राजनीतिक हस्तक्षेपलगायतका कुनै प्रकारको गुनासो नआउने गरी कार्यसम्पादन गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
सिंहदरबारस्थित मन्त्रालयमा पदबहालीपछि कर्मचारीलाई सम्बोधन गर्दै उहाँले निजामती सेवाको गरिमामा कुनै आँच नआउनेगरी कर्मचारी व्यवस्थापन गर्ने जिकिर गर्नुभयो ।
राज्यकोतर्फबाट जनतालाई उपलब्ध गराउन पर्ने सेवासुविधा सहज र सरल रुपमा गराउन कर्मचारीलाई निर्देशन दिँदै मन्त्री गुप्ताले सङ्घीय मामिला मन्त्रालय सबै स्थानीय तह र प्रदेश सरकारको सम्पर्क मन्त्रालय भएकाले सबै पक्षलाई मिलाएर लैजान हरप्रयत्न हुने धारणा राख्नुभयो । उहाँ मन्त्रालय पुग्दा मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलालगायतका कर्मचारीले स्वागत अभिवादन गर्नुभएको थियो ।
विसं २०२७ चैत २० गते पर्साको भोराटारमा–७ मा जन्म भई विसं २०४३ देखि राजनीतिमा प्रवेश गर्नुभएको मन्त्री गुप्ताले अनेरास्ववियु हुँदै एमालेको क्षेत्रीय अध्यक्ष हुनुभयो । विसं २०७२ मा पार्टी जिल्ला कार्यसमिति र १०औँ महाधिवेशनमा केन्द्रीय सदस्य बन्नुभएका उहाँ विसं २०७० र विसं २०७९ मा प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभयो ।
-रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !