४ माघ २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नवनियुक्त परराष्ट्र मन्त्री आरजु राणाले उठाइन सीमा समस्याको मुद्दा

प्रकाशित मिति :  ३१ असार २०८१, सोमबार २०:३४


काठमाडौं । नवनियुक्त परराष्ट्र मन्त्री आरजु राणा देउवाले पदभार ग्रहण गरेकी गर्नुभएकाे छ ।

सोमबार दिउँसो राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिएकी मन्त्री राणाले आजै सिंहदरबारस्थिति मन्त्रालयमा पुगेर पदभार गर्नुभएकाे हाे ।

राणा पहिलोपटक मन्त्री बन्नुभएकाे हाे । रोजेको मन्त्रालय पाउनेभएकी उहाँले मन्त्रिपरिषदको सातौं वरियतामा रहनुहुने छ ।

पदभार ग्रहणपछि उहाँले सीमा समस्याहरू तथ्य र प्रमाणका आधारमा समाधान हुने बताउनुभएकाे छ ।

उहाँले पहिलाभन्दा अहिले धेरै सूचनाहरु तत्काल प्राप्त हुने गरेको भन्दै सीमाका विषयमा पहिलेजस्तो सीमास्तम्भ हेरेर मात्र निर्णय गर्नुपर्ने अवस्था नरहेको बताउनुभयाे ।

बोर्डरहरूमा पहिलाजस्ते यो पिलर यहाँ थियो, त्यो पिलर त्यहाँ थियो भनेर झगडा गर्नुनपर्ने भन्दै तथ्यमा आधारित हुने हो भने सीमा समस्या समाधान हुने उनको दावी गर्नुभयाे ।

मन्त्री राणाले  भूगोल, इतिहास र जीपीएस नक्साका आधारमा समस्या समाधान गर्न सकिने बताउनुभयाे । नेपाली कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी उहाँ नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरवहादुर देउवाको श्रीमती हुनुहुन्छ ।

उहाँलाई विभिन्न भ्रष्टाचार तथा अनियमितताका काण्डमा संलग्न भएको आरोप लगाउने गरिन्छ । राणा २०७४ मा कैलाली– ५ बाट चुनाव लड्नुभएकाे थियाे । त्यसबेला वाम गठबन्धनका तर्फबाट एमाले नेता नारदमुनि रानाले हराउनुभएकाे थियाे ।

कांग्रेस समानुपातिक मार्फत प्रतिनिधि सभा सदस्य भएकी उनी हाल कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति हुनुहुन्छ । लामो समय गैर सरकारी संस्थाहरुमा व्यस्त रहेकी उनी ०५१ सालमा देउवासँग विवाह गरेपछिपनि लामो समय सक्रिय राजनीतिमा दिनुभएकाे थियाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !