२३ भाद्र २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

भटौली खोला नियन्त्रणको लागि तटबन्ध

प्रकाशित मिति :  ४ श्रावण २०८१, शुक्रबार ११:२८


रामेछाप । रामेछापको सबैभन्दा ठुलो धान खेती हुने फाँट खाँडादेवी गाउँपालिका–४ पकरबासको माडी फाँटलाई भटौली खोलाको कटानबाट नियन्त्रण गर्न तटबन्ध निर्माण गरिएको छ ।

वागमती प्रदेश सरकारको लगानीमा भटौली खोलाको जँगारेफाँटमा तटबन्ध निर्माण गरिएको हो । प्रदेश सरकारको बजेट २१ लाख रुपैँयाबाट २ सय १४ थान तार जाली लगाइएको खाँडादेवी गाउँपालिका–४ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयाे ।

तटबन्ध निर्माणपछि जँगारे र माडीफाँट सुरक्षित भएको छ । यसअघि भटौली खोलाले कटान गरी बगर बनाएको जँगारेमा पनि स्थानीयले खेत बनाएर रोपाइँ गरेका छन् ।

यस वर्ष पनि सो क्षेत्रमा खोला नियन्त्रणको लागि प्रदेश सरकारले थप १५ लाख रुपैँया विनियोजन गरेको छ । सो रकमबाट थप तलसम्म जाली हालेर खेतीयोग्य जमिनलाई सुरक्षित गरिने पौडेलले बताउनुभएकाे छ ।

भटौली खोलमा हालको झोलुङ्गे पुल नजिकै जँगारे छेउमा पक्की पुल पनि बन्दै छ । सो पुल बनेपछि त्यसको आसपासको क्षेत्रमा पुलको सुरक्षाका लागि पनि तटबन्ध गरिने भएको छ । त्यसले माडी फाँटलाई थप सुरक्षित गर्नेछ ।


565
Shares

प्रतिक्रिया दिनुहोस !