२ कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

के देव गुरुङले भने जस्तै बीआरआईको प्रक्रिया अगाडि बढेपछि प्रचण्ड सरकार परिवर्तन भएको हो?

प्रकाशित मिति :  ४ श्रावण २०८१, शुक्रबार १५:४७


के देव गुरुङले भने जस्तै बीआरआईको प्रक्रिया अगाडि बढेपछि प्रचण्ड सरकार परिवर्तन भएको हो?

काठमाडौं । हिजो एकाएक विहीबार काठमाडौंमा आयोजित ‘बीआरआई वास्तविकता र भ्रम’ विषयक अन्तरक्रियामा माओवादी नेता देव गुरुङले भन्नुभयो–‘ बीआरआईको प्रक्रिया अगाडि बढाएपछि सरकार परिवर्तन भयो ’ नेपालमा सरकार परिवर्तन हुनु कुनै नौलो कुरा भने होइन ।  तर माओवादी नेता देव गुरुङले भने झैं नेपालमा बीआरआईको प्रक्रिया अगाडि बढेकै बेला सरकार परिवर्तन भएको हो त भन्ने विषय अहिले रोचक बनेको छ । माओवादी सरकारबाट बाहिरिएको  पीडा पाेखेकाे हुन सक्ने धरैले आंकलन गरेका छन् ।

सन् २०१७ सालमा सम्झौता भएको बीआरआई अहिले सम्म कार्यानयनमा नआउनु आफैमा समग्र नेपालीको लागि दुःखको कुरा हो भन्दा फरक पर्दैन । पटक पटक सरकारमा गएको माओवदी पार्टीले अहिले सम्म बीआरआईको बारेमा सम्झौता पछि केही नगरेको पाईएको छ ।

तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालले प्रचण्डले भन्नुभएको थियो–‘तत्काल बीआरआई कार्यानयन हुदैन ’ उहाँ प्रधानमन्त्री भएको वेला यसो भन्नु र उहाँ प्रधानमन्त्रीबाट बाहिरिएपछि उहाँको विश्वास पात्र देव गुरुङले यसो भन्नु पक्कै पनि विश्वास गर्न लाएक कुरा भने होइन ।

धेरैले देव गुरुङको भनाईलाई सरकारबाट वाहिरिनुको पिडा पाेखेका हुन भनेर भनेका  छन् ।

जादू नै गरेर सरकारमा टिकिरहन्छु भन्ने पुष्पकमल दाहाल अर्थात माओवादी पार्टीले सरकार छोड्नु पर्दाको पीडा दर्साएको बुझ्न सकिन्छ ।

चुनावमा कसैको बैशाखी टेक्ने । अनि केही सीट ल्याएर रमिता देखाउने माओवादी पार्टी अर्थात पुष्पकमल दाहाल प्रचण्ड सरकारमा जादा यो सरकारले केही गतिले काम गर्दैन भन्ने धेरैले आंकलन गरिरहेका थिए ।

 

देशले एमाले कांग्रेस मिल्दा मात्र न्याय पाउँछ

जति वेला देशमा निर्णक डिसिजन गर्नु पर्छ त्यतिवेल नेपालमा एमाले कांग्रेस एक ठाँउमा उभिएर राष्ट्र हितको पक्षमा लागेको एमाले कांग्रेस सँग इतिहास छ ।

पछिल्लो समयलाई हेर्दा पनि देशमा माओवादी पार्टी देशकै ठूलो पार्टी भएको वेला समेत संविधान ल्याउन नसेको कुरा जग जाहेरै छ । पुष्पकमल दाहाल प्रचण्ड होस् या बाबुराम भट्टारई प्रधानमन्त्री भएको बेला होस् नेपालले संविधान ल्याउन सकेको थिएन । तर जव एमाले कांग्रेस मिले तल नेपालमा संविधान आयो । अर्थात नेपालले न्याय पायो ।

त्यस पछि माओवादी पार्टी नेपालमा खिइदै गइरहेको छ । कहिले एमालेको बैशाखी टेकेर होस् या कहिले कांग्रेसको बैशाखी टेकेर होस् माओवादी पार्टीले जेन तेन सास फेरिरहेको छ । तर जेन तेन सास फेरेको माओवादी पार्टीको अगुवाइमा नेपालमा बीआरआई कार्यानयनमा हस्ताक्षर होला भन्नु भनेको कल्पना वाहिरको कुरा हो ।

अब के होला?

अहिले नेपालमा नेपालको ठूला पार्टी कांग्रेस एमालेको सरकार बनेको छ । अर्थात वलियो सरकार बनेको छ । अनि त्यसमध्य पनि बलियो व्यक्ति प्रधानमन्त्री बन्नुभएको छ ।

एमाले कांग्रेस एक हुँदा देशमा धेरै पटक परिवर्तन भएको छ । अब अहिले पनि देशमा एमाले कांग्रेसको सरकार हुँदा नेपालको विकासको कडी बीआरआई कार्यानयनमा आउनेमा धेरै जनता आशावादी छन् ।

अहिले केपी ओलीको सरकार भनेको लगभग दुई तिहाइको सरकार हो । यो सरकारले ने देशको दिर्घकालिन विकास गर्नेछ भन्नेमा जनतामा आशा पलाएको पाईन्छ ।

त्यसै कारण अहिलेको सरकारले अर्थात केपी ओलीले बीआरआई कार्यानय गर्नुहुनेछ भन्नेमा कुनै शंका भने नरहेको पाइन्छ ।
सडक, सिचाँईं, रेल, बन्दरगाहा, कृषि, लगाएत मानविय तथा भौतिक विकासको कडी बीआरआई नेपालमा कार्यानयनमा अहिलेका शक्तिशाली प्रधानमन्त्री केपी शर्मा ओलीले भूमीका विषेश  रहने  छ ।

 

 

 


0
Shares

प्रतिक्रिया दिनुहोस !