प्रचण्ड, रवि र माधव नेपालको पार्टीले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने
प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार १७:५९
काठमाडौं । प्रचण्ड, रवी र माधव नेपालको पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ ।
विश्वासको मत नदिएसँगै उनीहरु प्रतिपक्षमा बस्ने निर्णय गरेका छन् ।
आज बसेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बैठकले उक्त निर्णय गरेको हो ।
आइतवार प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मता लिने कार्यसूची रहेको छ ।
माओवादी ले अहिले ७६ (३) अनुसार सरकार गठन हुनुपर्थ्यो । ७६ (२) मा पुनः सरकार बन्नु असंवैधानिक हो भन्दै आईरहेको छ ।
0
Shares