२६ फाल्गुन २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

अर्थमन्त्री पौडेलद्वारा श्रेष्ठको निधनप्रति दुःख व्यक्त

प्रकाशित मिति :  ५ श्रावण २०८१, शनिबार १०:३५


काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसादक पौडेलले द्वारिकाज होटलकी संस्थापक अम्बिका श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । आज बिहान द्वारिकाज होटल पुग्नुभएका उहाँले स्व श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो ।
सो अवसरमा अर्थमन्त्री पौडेलले नेपालको पर्यटन क्षेत्रमा स्व श्रेष्ठले पु¥याउनुभएको योगदानको प्रशंसा गर्दै उहाँको योगदान नेपालको पर्यटन क्षेत्रको इतिहासमा सदा अविसमरणिय रहने बताउनुभयो । उहाँले स्व श्रेष्ठका  परिवारजनप्रति समवेदना समेत व्यक्त गर्नुभएको छ ।
श्रेष्ठको ९२ वर्षको उमेरमा बिहीबार निधन भएको थियो । लामो सयमदेखि आन्द्रामा देखिएको सङ्क्रमणको उपचार गराइरहनुभएकी श्रेष्ठको ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा निधन भएको हो ।  स्व श्रेष्ठको आजै पशुपति क्षेत्रमा रहेको विद्युतिय शवदाह गृहमा अन्त्यष्टि गरिने उहाँको पारिवारीक स्रोतले जनाएको छ ।
–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !