५ माघ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

समाजवादको मूलमर्म समावेशी पद्धति भएकाले सबैले अवलम्बन गर्नुपर्छ : डा.संग्रौला

प्रकाशित मिति :  ६ श्रावण २०८१, आईतवार १२:०१


काठमाडौं । नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौलाले वीपी कोइरालाको प्रजातान्त्रिक समाजवादमा समावेशी पद्धति अवलम्बन गरिएकाले त्यसको परिपालन गर्नु आजका राजनीतिक दलहरुको दायित्व भएको औंल्याएकी छिन् ।

आइतबार विहान जननायक वीपी कोइरालाको ४२औं स्मृति दिवसका अवसरमा वीपीको स्मरण गर्दै उनले समाजवादको मुल मर्म ‘समानता’ अर्थात ‘समावेशिता’ हो र यस विषयमा वहस गर्नुपर्ने अवस्था सिर्जना भएको उल्लेख गरेकी छिन् ।

‘महामानव एवम जननायक वीपी कोइरालाको ४२औं स्मृति दिवसमा उहाँलाई स्मरण गरिरहँदा प्रजातन्त्र, राष्ट्रियता, समाजवादको मूल्य र मान्यताबारे समीक्षा गर्नुपर्ने अवस्था सिर्जना हुँदै गइरहेको छ ।

किनकी समाजवादको मुल मर्म ‘समानता’ अर्थात ‘समावेशिता’ हो र यस विषयमा वहस गर्नुपर्ने अवस्था सिर्जना भएको छ,’ डा.संग्रौलाले अगाडि भनेकी छिन्,‘ समानता, प्रजातन्त्रको अभिन्न अंग भएको हुँदा यसले प्रजातन्त्रका उल्लिखित तत्त्वहरूको अवलम्बन, सामाजिक, आर्थिक अवसरहरूमा हरेक जाति, वर्ग, समुदाय, धर्म, क्षेत्र लगायतका जनतामा समान पहुँच र उपलब्धतालाई वैधानिक तवरले सुनिश्चिता प्रदान गर्नुपर्ने आवश्यक्ता खड्किदै गएको छ ।

प्रजातान्त्रिक समाजवाद स्वयंमै समावेशी पद्धति भएको हुनाले यसको परिपालन गर्न यस स्मृति दिवसले सबैलाई स्मरण गराओस । वीपीप्रति हार्दिक श्रद्धासुमन ।

पटक पटक परिवर्तन भइरहने सरकारमा महिला, दलित, मुस्लिमलगायतका समूदायको प्रतिनिधित्व कमजोर भइरहेको सन्दर्भमा डा.संग्रौलाले समावेशिताको मुद्दा उठान गरेको दाबी गरेकी छिन् ।


0
Shares

प्रतिक्रिया दिनुहोस !