९ मंसिर २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

जैविक मल उत्पादन गर्न भैँसीपालन

प्रकाशित मिति :  ६ श्रावण २०८१, आईतवार १२:२९


झापा । जैविक मल उत्पादन गर्न बुद्धशान्ति गाउँपालिका–३ मा स्थापना गरेको अङ्कुरण एग्रोले भैँसीपालनको तयारी गरेको छ ।

जिल्लामा जैविक तरकारीखेती गर्ने किसानको सङ्ख्या बढ्नका साथै चिया बगानमा जैविक मल प्रयोग पनि थालिएको छ । मलको पर्याप्त व्यवस्था गर्न भैँसीपालन गरिने अङ्कुरण एग्रोका सञ्चालक विनोद मोक्तानले बताउनुभयो ।

प्राङ्गरिक मल बनाउन गोबर नभई हुँदैन, उहाँले भन्नुभयो, भैँसीको मलमूत्र दुवै उपयोगी हुन् । गत वर्ष नै उद्योग सञ्चालनका लागि पूर्वाधार निर्माण गरिएको थियो,  उहाँले भन्नुभयो । सञ्चालक मोक्तानले दुई महिनाभित्रमा प्राङ्गरिक जैविक मल उद्योग सञ्चालनमा ल्याउने गरी सबै तयारी पूरा गरेको बताउनुभयो ।

 

 

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !