२६ फाल्गुन २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

भेटीघाटीबाट ज्येष्ठ नागरिक आश्रममा प्रेक्षालय निर्माण

प्रकाशित मिति :  ६ श्रावण २०८१, आईतवार १२:३२


बेनी (म्याग्दी) । जिल्लाको बेनीनगरपालिका–९ गलेश्वरस्थित ज्येष्ठ नागरिक आश्रममा गलेश्वर शिवालयमा सङ्कलन भएको भेटीघाटी र दाताले दिएको रकमबाट प्रेक्षालय निर्माण भएको छ ।

ज्येष्ठ नागरिक आश्रम परिसरमा रहेको सामुदायिक स्वास्थ्य एकाइको भवनमा तला थप गरेर सुविधासम्पन्न प्रेक्षालय निर्माण गरिएको गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रमका अध्यक्ष बमबहादुर पुनले बताउनुभयो । भवन निर्माणका लागि गलेश्वर शिवालय क्षेत्र विकास कोषबाट १५ लाख र आश्रमको कोषबाट तीन लाख ४९ हजार छ सय ५० प्राप्त भएको अध्यक्ष पुनले बताउनुभयो । प्रेक्षालयको क्षमता एक सय ५० जनाको हो । हाल ४८ जना ज्येष्ठ नागरिक भवनमा आश्रित छन् ।

यसैबीच, प्रेक्षालयका लागि म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना)को कतारस्थित गण्डकी प्रदेश समन्वय परिषद्ले ५० हजार बराबरका फर्निचर प्रदान गरेको छ ।

 

 

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !