९ पुष २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

बंगलादेशको आन्दोलन हिंसात्मक, अन्य देशका नागरिकले बंगलादेश छाड्दै

प्रकाशित मिति :  ६ श्रावण २०८१, आईतवार १८:१८


काठमाडौं । हजारौंको संख्यामा नेपाली रहेका बंगलादेश अहिले पुरै आन्दोलनले सिथिल बनेको छ ।

बंगलादेशमा सरकारी जागिरलाई निकै महत्त्व दिने गरिन्छ  । सरकारी जागिरमा आकर्षक तलब हुन्छ र सेवासुविधा हुने भएकाले पनि सबैको प्राथमिकतामा सरकारी जागिर पर्छ ।

अहिले जुन आन्दोलन बंगलादेशमा भइरहेको छ त्यो आन्दोलनको मुख्य कडी भनेकै सरकारी जागिरमा आरक्षण हो ।

अहिले बंगालदेशमा सन् १९७१ मा पाकिस्तानसँग छुट्टिएर बंगलादेश स्वतन्त्र हुँदा लडेका परिवारका छोराछोरीलाई विशेष आरक्षण दिने सरकारको नीति विरुद्ध आन्दोलन भइरहेको छ ।

प्रधानमन्त्री शेख हसिनालाई समर्थन गर्नेहरूलाई लाभ पु¥याउन यस्तो नीति ल्याइएको भन्दै विरोध भइरहेको छ ।

सरकारले बंगलादेश स्वतन्त्र हुँदा लडेको परिवारलाई ३० प्रतिशत आरक्षण दिने भएपछि उक्त आन्दोलन चर्किएको हो ।

निकै आर्कषण तलव भत्ता सेवा सुविधा इज्जत पाईने जागिरमा सरकारले मनोमानी गरेको भन्दै बंगलादेशमा विशेष गरि विश्वविद्यालयका विद्यार्थीहरु ,अन्य क्याम्पसमा पढ्ने विद्यार्थीहरु,  विभिन्न मानिसले राजधानी ढाकाँ लगाएत अन्य सहरी क्षेत्रमा व्यापक आन्दोलन चर्काएका छन्  ।

यसरी बंगलादेश स्वत्रन्त्र हुँदा लड्नेको परिवारलाई आरक्षण दिदा र अन्य वर्गलाई आरक्षण दिदा सरकारी जागिरको माग संख्यामा करिव आधानै आरक्षणमा पर्ने देखिएको छ ।

उक्त आन्दोलनका प्रदर्शणकारीका अनुसार प्रधानमन्त्री शेख हसिनालाई समर्थन गर्नेहरूलाई लाभ पुर्या‍उन यस्तो नीति ल्याइएको भन्दै विरोध गरिरहेका छन् ।

अहिले बंगलादेशको स्वतन्त्रता आन्दोलनमा सक्रिय व्यक्तिका छोराछोरीलाई सरकारी जागिरमा दिइएको आरक्षणको विरोधमा सुरु भएको आन्दोलनले हिंसात्मक रूप लिएको छ  ।

आजको दिन सम्म हेर्दा बंगलादेशमा ११५ जना भन्दा बढीले ज्यान गुमाइसकेका छन् भने हजारौंको संख्यामा मानिस घाइते भएका छन् ।

अहिले जुन आन्दोलन बंगलादेशमा भएको छ । सोही आन्दोलन २०१८ मा यही आरक्षणको निति सरकारले ल्याउदा पनि भएको थियो ।

तर करिव एक महिना सम्मको आन्दोलन पछि सरकारले आरक्षको निर्णयबाट पछि हटेपछि उक्त आन्दोलन सामसुम भएको थियो ।

तर अहिले बंगलादेशको उच्च अदालले सरकारी निर्णयको पक्षमा फैसला गरेपछि फेरि आन्दोलन चर्किएको हो ।

सरकारले त्यहाँ मोवाइल इन्टरनेट सेवा वन्दा गरेर कर्फ्यु लगाउदा समेत उक्त आन्दोलन पुरै चर्किएको छ ।

आन्दोलन हिंसात्मक भएपछि अहिले बंगलादेशमा वस्ने नागरिकहरुको धमाधम बंगलादेश छोड्ने क्रम जारी छ ।
त्यसै गरि बंगलादेशमा अध्यननरत आठसय भन्दा बढी नेपाली विद्यार्थी स्वदेश फर्किसकेको र आज केपी शर्माओलीको विशेष पहलमा १७ जना विद्यार्थी फर्कने छन् ।


0
Shares

प्रतिक्रिया दिनुहोस !