२ कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

संविधानको रक्षाका लागि दलहरूबीच सहकार्यको खाँचो : अध्यक्ष नेपाल

प्रकाशित मिति :  ७ श्रावण २०८१, सोमबार १०:१६


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले लोकतन्त्रलाई सुदृढ बनाउन आफ्नो पार्टीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभएको छ । उहाँले भन्नुभयो,संविधान र गणतन्त्रको रक्षाका लागि सबै दलहरूबीच समन्वय र सहकार्यको खाँचो छ ।

आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री नेपालले राष्ट्रको विकास र जनताको समृद्धिका लागि देशमा सुशासन कायम गरी उत्पादन वृद्धिमा जोड दिनुपर्छ भन्नुभयो । सो अवसरमा सितेरियो कराते खेलाडी पुरेन्द्रविक्रम लाखे र ललितपुरका समाजसेवी राजकुमार श्रेष्ठ नेकपा ( एकीकृत समाजवादी)मा प्रवेश गर्नुभएको थियो ।

 

 

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !