बङ्गलादेशको सर्वोच्च अदालतद्वारा आरक्षण व्यवस्था गर्ने फैसला
काठमाडाैँ : बङ्गलादेशमा हिंसात्मक विरोध प्रदर्शनका बिच आइतबार सर्वोच्च अदालतले सरकारी जागिरमा आरक्षण समाप्त गर्ने फैसला गरेको छ ।
सर्वोच्चको फैसलालाई सरकारले तत्काल स्वागत गरेको छ । फैसला लगत्तै कानुन मन्त्री अनीसुल हकले अदालतको फैसलालाई स्वागत गर्दै फैसला समझदारीपूर्णु भएको र चाँडो भन्दा चाँडो सरकारले ‘अधिसूचना’ जारी गर्ने बताएको छ ।
विद्यार्थीहरूले आरक्षणको व्यवस्था भेदभावपूर्ण भएको तथा योग्यताको आधारमा आरक्षणको नीति लागु गरिनु पर्ने माग गर्दै विरोध सुरु गरेका थिए ।
साेही प्रदर्शनका बिच अदालतको फैसलामा देशको ९३ प्रतिशत सरकारी जागिरमा योग्यताको आधारमा नियुक्ति गर्न आदेश दिएको छ। फैसलामा अदालतले सन् १९७१ को स्वतन्त्रता आन्दोलनमा सहभागी ‘मुक्ति योद्धा’का परिवारका लागि ५ प्रतिशत आरक्षण कायम गर्न आदेश दिएको छ ।
बङ्गलादेशमा सन् १९७२ देखी स्वतन्त्रता सङ्ग्रामका ‘मुक्तियोद्धा’, जिल्ला र महिलाहरूका लागि गरिएको आरक्षणको व्यवस्थाले निरन्तरता पाउँदै आएको छ । यो आरक्षण सरकारी सेवा, अर्धसरकारी संस्थान, स्थानिय निकाय तथा विभागहरूमा लागु छ ।
आरक्षणको आधारमा संस्थानहरूको प्रथम श्रेणिको जागिरमा २० प्रतिशत मेरिटको आधारमा बाँकी ८० प्रतिशत जिल्लाहरूका लागि छुट्याइएको छ ।
त्यसमा नै ‘मुक्तियोद्धा’का सन्तानका लागि ३० प्रतिशत, महिलाका लागि १० प्रतिशत छुटइएको छ ।
बङ्गलादेशको आरक्षण विरोधी आन्दोलनमा ११५ जनाको ज्यान गएको छ ।
आगजनी तोडफोडबाट ठुलो क्षति भएको छ भने मुलुक ठप्प भएको अवस्थामा पुगेको छ ।