२३ भाद्र २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

अवरुद्ध सडकबारे सांसदको चासो

प्रकाशित मिति :  ७ श्रावण २०८१, सोमबार १५:५७


काठमाडौँ । मुलुकका विभिन्न ठाउँमा सडक अवरुद्ध भएका विषयमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद मनबहादुर गुरुङले बर्सातका कारण देशैभरिका अधिकांश सडक अवरुद्ध भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, कास्की निर्वाचन क्षेत्र नं १ अन्तर्गत मादी गाउँपालिकाका सडक अवरुद्ध छन्, गाउँको सदरमुकामसँग सम्पर्क टुटेको छ, यसलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्छ ।
सांसद महेशकुमार बर्तौलाले वर्तमान सरकारलाई असफल हुने छुट नरहेको भन्दै तीव्र गतिमा काम गर्न सरकारसँग आग्रह गर्नुभयो ।
सांसद महेश बस्नेतले वर्षाका कारण इलामका विभिन्न स्थानमा बाढी पहिरोबाट स्थानीयले ठूलो क्षति ब्यहोर्नु परेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद माधव सापकोटाले सिन्धुपाल्चोकका विभिन्न स्थानमा वर्षाका कारण बस्ती नै जोखिममा रहेका विषयमा  सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद राजेन्द्रकुमार केसीले वर्षाका कारण मुुलुकका धेरै भूभाग बाढीबाट डुबानमा परेका, काठमाडौँ उपत्यकाको ग्रामीण भेगमा पहिरोका कारण  खाद्यान्न बालीनाली तहसनहस भएको तथा दक्षिणकाली वडा नं १ चाल्नाखेलदेखि विद्युत्गृहसम्म पुग्ने सडक २० दिनदेखि अवरुद्ध भएको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद मेनकाकुमारी पोख्रेलले वर्तमान सरकारले मुलुकमा रहेको भ्रष्टाचार अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।
सांसद मुक्ताकुमारी यादवले वर्तमान सरकार महिला, मधेसी, दलितसहितको समावेशी बनाउनुपर्ने माग गर्नुभयो ।
सांसदहरु मीना तामाङ, मैना कार्की, मनिष झा, मङ्गलप्रसाद गुप्ता, योगेन्द्र मण्डल, रामकृष्ण यादव, रामशङ्कर यादव, रामहरि खतिवडा, रुपासोशी चौधरी, रेखा यादव, लक्ष्मी तिवारी, लालप्रसाद सावाँलिम्बू, लीलानाथ श्रेष्ठ, लेखनाथ दाहाल, बिजुला रायमाझी, योगेशकुमार भट्टराई, रघुजी पन्त, रणकुमारी बलमपाकी मगर, रगेन्द्र बराली, रञ्जुकुमारी झा, मेनकाकुमारी पोख्रेललगायतले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
–रासस


226
Shares

प्रतिक्रिया दिनुहोस !