९ मंसिर २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

जितेन्द्र सैनीले डुवाउदै प्रइम बैंक, तीन करोडको धितोलाई ४० करोड भन्दा बढी कर्जा

प्रकाशित मिति :  ८ श्रावण २०८१, मंगलवार १२:१२


काठमाडौं । जितेन्द्र सैनी नामक भारतीयले ज्योति (नाम परिवर्तन) नामकी महिला सँग विहे गरेर ताण्डप मच्काएका छन् ।

उनले विभिन्न बैंक सँग नाम जोति र काम आफै गरिरहेको खुलेको छ । त्यस्तै नाम मात्र ज्योतिको लगाएर उनले प्रइम कमर्सियल बैंकबाट तीन करोडको धितो राखेर चालिस करोड भन्दा धेरै लोन लिन भ्यएका छन् ।

उनले यसरी कर्जा लिनुमा प्राइम बैंकको समेत मिलोमत्तो रहेको हुन सक्ने आंकलन गरिएको छ ।
यो विषयमा प्राइम बैंकका गुनासो सुन्ने अधिकृत प्रसान्त राज डंगोललाई सोध्दा आफूलाई थाहा नभएको र लोन सेक्सेनमा फोन गर्न बताएका छन् ।

उस्तै परे नेपालको सरकार फेर्ने धम्की दिने जितेन्द्र सैनीले नेपालका केही नेताहरुलाई समेत भेट्ने गरेको पाइएको छ । उनले भारतीय दुतावासमा पनि आफ्नो पावर रहेको भन्दै विभिन्न व्यक्ति ठग्दै गरेको खुलेको छ ।

व्यक्तिको मात्र करोडौं ऋण तिर्न बाकी भएको उनले विभिन्न नेता भारतीय दुतावासका कर्मचारीलाई टेलीफोन गर्न लगाएर भाका सार्दै वसेको समेत खुलेको छ ।

जितेन्द्र सैनीले ज्योति सँग कागजी विहे मात्र गरेका हुन् । अहिले ज्योति पुराना आफ्नै डिर्वोस गरेका वुढा सँग बस्दै आइरहेकी छिन् ।


0
Shares

प्रतिक्रिया दिनुहोस !