२३ भाद्र २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

डा .सुनील शर्माले पाए क्लिन चिट, अब मुद्दा नचल्ने

प्रकाशित मिति :  ८ श्रावण २०८१, मंगलवार १२:४४


काठमाडौं । नेपाली कांग्रेसकेका सांसद एवं मेडिकल कलेज सञ्चालक डा. सुनीलकुमार शर्माको शैक्षिक प्रमाणपत्र विवादमा सरकारी वकिल कार्यालयले मुद्दा नचलाउन सिफारिस गरेको छ ।

सांसद शर्माविरुद्ध मुद्दा नचलाउने गरी काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले उच्च सरकारी वकिलको कार्यालयलाई पठाएपछि मुद्दा नचल्ने भएको हो ।

यो सँगै डा. सर्माले क्लिन चिट पाउनु भएका  हुन् ।

उच्च सरकारी वकिल कार्यालयले पनि दुई दिनअघि अर्थात् आइतबार सदर गरेर महान्यायाधिवक्ताको कार्यालयमा पठाइसकेको बताइएको छ । केही दिनमा महान्यायाधिवक्ताको कार्यालयले यसलाई सदर गर्ने स्रोतले जनाएको छ ।

सरकारी वकिल कार्यालयले हदम्याद नाघेको भन्दै सुरुमै पक्राउ गर्न र मुद्धा चलाउन आनाकानी गरेको विषयमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले यसलाई विवादमा तानेको थियो ।

सीआईबी प्रमुख नवराज सिलवाल भएको समयमा ०७३ सालमा सीआईबीले ‘अप्रेशन क्वाक’ सञ्चालन गरी डा. शर्मालाई अनुसन्धानको दायरामा ल्याएको थियो ।

अनुसन्धान गर्ने निकायले थाहा पाएको ८ वर्षसम्म मुद्दा नचलाई ढिलो गरी अहिले मुद्दा अघि बढाउनु हदम्याद बाहिर रहेको सरकारी वकिलले जनाएको छ । एक वर्षभित्र मुद्दा चलाइसक्नुपर्नेमा ८ वर्ष ढिला गरी ल्याएकोले मुद्दा नचलाउने निर्णय भएको हो ।

डा. शर्माको नक्कली भनिएको प्रमाणपत्र विदेशी विश्वविद्यालयको रहेको र उक्त कागजात सरकारी लिखत नरहेकाले पनि मुद्दा नचल्ने निर्णय भएको बताइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि यसअघि डा. शर्मालाई नियन्त्रणमा लिई हिरासतमा राखेको थियो ।

लोकमानसिंह कार्कीका पालामा शर्मामाथि अनुसन्धानमा भएको थियो । पछि कार्की महाभियोग प्रस्तावका कारण निलम्बित भएसँगै सर्वोच्च अदालतले अयोग्य ठहर गरी पदमुक्त गरिदिएको थियो । त्यतिखेर शर्माले आफू नेपाली कांग्रेसको कार्यकर्ता भएकाले प्रतिशोधपूर्ण अनुसन्धान गरिएको बताउनुभएको थियो ।

त्रिभुवन विश्वविद्यालय चिकित्सा संस्थानबाट पीसीएल (हेल्थ असिस्टेन्ट एचए) गरेका डा. शर्माले फूल स्कलरशिपमा चीनबाट एमबीबीएस गरेका थिए । यी आधारमा उनले नक्कली कागजात कीर्ते गरेको नठहर्ने भएपछि सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको हो ।


565
Shares

प्रतिक्रिया दिनुहोस !