२३ भाद्र २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

विपद्का घटनाका विषयमा सरकार गम्भीर बनोस : श्रेष्ठ

प्रकाशित मिति :  ८ श्रावण २०८१, मंगलवार १४:४५


काठमाडौं । पूर्वमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले, विपद् घटनालाई लिएर राज्यले वृहत रुपमा सोच्न आग्रह गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा शुन्य समयमा बोल्दै उनले गए रातिको अविरल वर्षाका कारण नार्गाजुन वडा नं ४ बाढीका कारण बासिन्दाहरु समस्यामा परेको भन्दै सरकरालाई उचित संरक्षणको माग गर्नुभयाे ।

उहाँले भन्नुभयाे,‘हिजो रातिको अविरल वर्षाका कारण नार्गाजुन वडा नं ४ मा जनताहरु पीडित भएका छन् । त्यहाँ राम्रोसँग काम भएको भए बाढी बस्तीमा पस्ने थिएन् । विपद्को लागि राज्यले अलि वृहत रुपमा सोच्ने बेला भएको छ । खाली सानो तिनो राजनीतिक मुद्दाहरुमा होइन अरु विषयमा राष्ट्रिय सहमति हुनुपर्छ । तत्काल सहरी विकास मन्त्रालयलगायतको सरकारी टोलीबाट उचित संरक्षण होस भन्ने माग गर्दछु ।’


339
Shares

प्रतिक्रिया दिनुहोस !