२३ भाद्र २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

निर्माण व्यवसायीका लागि सजिलो वातावरण बनाउछु : सिंह

प्रकाशित मिति :  ८ श्रावण २०८१, मंगलवार १६:२९


काठमाडौं । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले निर्माण व्यवसायीहरुलाई काम गर्नको लागि सजिलो वातावरण निर्माण गर्ने प्रतिवद्धता जनाउनुभएकाे छ ।

मंगलबार मन्त्रालयमा निर्माण व्यवसायी महासंघका टोलीहरुसँगको भेटमा उहाँले व्यवसायीहरुको समस्या भनेको देशको संरचनका कारण समस्या भएको भन्दै व्यवसायीहरुलाई सहज तरिकाले काम गर्ने वातावरण निर्माण गर्न सरकारले पहल गर्ने बताउनुभयाे ।

उहाँले भन्नुभयाे, ‘कुराभन्दा पनि काम गरेर देखाउने हो । व्यवसायीहरुको भौतिक निर्माणमा एकदमै महत्वपूर्ण भूमिका हुन्छ । व्यवसायीलाई समस्या भएमा सरकारलाई पनि गार्हो हुन्छ । त्यसकारण काम गर्नको लागि सजिलो वातावरण निर्माण गर्नेतर्फ पहल गर्छु ।’


226
Shares

प्रतिक्रिया दिनुहोस !