२३ भाद्र २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

पूर्वसहायकमन्त्रीको हत्याको अध्ययन भइरहेको छ : गृहमन्त्री लेखक

प्रकाशित मिति :  ८ श्रावण २०८१, मंगलवार १६:३७


काठमाडौँ । गृहमन्त्री रमेश लेखकले पूर्वभूमिसुधार सहायकमन्त्री रामचन्द्र रायको हत्यालाई प्रहरीले सूक्ष्म अध्ययन थालेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सर्लाहीको चन्द्रनगर गाउँपालिकाका ८० वर्षीय रायको हत्याको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी) घटनास्थलतर्फ प्रस्थान गरेको जानकारी दिनुभएको हो ।

उहाँको घरमा काम गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । परिचय खुल्न बाँकी तीन जनाको खोजी भइरहेको छ, गृहमन्त्री लेखकले भन्नुभयो, सिआइबीबाट सिनियर प्रहरी अफिसर तथा प्राविधिक जनशक्तिसहितको टोली घटनास्थलमा खटिएको छ । यस घटनाबारे सुक्ष्म अध्ययन भइरहेको छ ।

पूर्वभूमिसुधार सहायकमन्त्री रायको आइतबार राति उहाँकै निवासमा धारिलो हतियार प्रयोग गरी हत्या भएको हो ।

 

 

–रासस


226
Shares

प्रतिक्रिया दिनुहोस !