२३ भाद्र २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री लामाले शपथ लिँदै

प्रकाशित मिति :  ९ श्रावण २०८१, बुधबार ०८:३४


काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामाले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले बुधबार बिहान ११ बजेर ११ मिनेटमा लामालाई शपथग्रहण गराउने कार्यक्रम रहेको बताइएको छ ।

लामा मंगलबार संविधानको धारा १६८ को (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनलाई नेपाली कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदको समर्थन रहेको छ ।

संघमा कांग्रेस–एमाले समीकरण बनेसँगै प्रदेशमा पनि राजनीतिक परिवर्तन भएको हो ।

बागमती प्रदेशमा यसअघि एमाले–माओवादी गठबन्धन अन्तर्गत माओवादीका शालिकराम जम्कट्टेल मुख्यमन्त्री थिए । तर एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका जम्कट्टेलले आइतबार राजीनामा दिएका थिए ।

लामासहित १३ मन्त्रीको शपथ ग्रहण पनि आज नै हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।


452
Shares

प्रतिक्रिया दिनुहोस !