९ मंसिर २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

परम्परागत बाली विस्तार गर्दै कालिका नगरपालिका

प्रकाशित मिति :  ९ श्रावण २०८१, बुधबार १०:४३


चितवन । चेपाङ समुदायको बसोबास रहेको कालिका नगरपालिकाका तीनवटा वडामा परम्परागत बाली विस्तार गरिने भएको छ ।

चेपाङको जीवनस्तर उकास्न नगरपालिकाले हेफर इन्टरनेशनल महिला समन्वय समितिसँगको सहकार्यमा परम्परागत बाली प्रवर्द्धन कार्यक्रम विस्तार गर्न लागेको हो ।

नगरप्रमुख विनोद रेग्मीका अनुसार कालिका नगरपालिका–९, १० र ११ मासैपाङ, कोलार, राजवाङ, कल्याणचौर, मजबाङ, रन्तेस, छेरवाङ, क्राइलिङलगायत गाउँमा कागती, निबुवा, हलेदो, अदुवा, पिडालु खेती गरिने छ । साथै कागनो, सामा, कोदो, फापर, मास, गहत, मस्याङ पनि लगाइने छ । कार्यक्रमका निम्ति चालु आर्थिक वर्षमा रु ३० लाख बराबरको सहयोग परिचालन गरिने छ । कार्यक्रममा समिति र पालिकाको समान रकम लगानी हुनेछ ।

स्थानीय समुदायलाई परम्परागत बालीका बारेमा बुझाउने, बीउ उपलब्ध गराउने, प्रविधि सिकाउने र बजारीकरण गर्न सहयोग गर्ने नगरप्रमुख रेग्मीले बताउनुभयो । उहाँले भन्नुभयो, हामी परम्परागत बाली लगाएर बजारीकरणमा सहयोग गर्छाैँ । प्रभावकारिताका आधारमा रकम थप गरिने उहाँले बताउनुभयो । दुई सयभन्दा बढी परिवार यो कार्यक्रमबाट प्रत्यक्ष लाभान्वित हुनेछन् ।

 

 

 

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !