२३ भाद्र २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

संसदीय सुनुवाइमा निर्वाचन आयोगका प्रस्तावित आयुक्त प्रधानको गोप्य सुनुवाइ

प्रकाशित मिति :  ९ श्रावण २०८१, बुधबार १६:०९


काठमाडौं । संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगका लागि प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानसँग भावी योजना र उजुरीहरूका बारेमा गोप्य रुपमा सुनुवाइ गरेको छ ।

बुधबार सिंहदरबारमा बसेको समितिको बैठकमा सुनुवाइका लागि प्रस्तावित आयुक्त प्रधानलाई बोलाएको थियो । प्रधानले आफ्नो भावी योजना सम्बन्धि अवधारणा तथा कार्ययोजना प्रस्तुत गरेपछि सवाल जवाफ सुरु भएको थियो ,तर सवाल जवाफमा पत्रकारहरुलाई भने निकालिएको छ ।

सुरुमा पत्रकारहरुलाई पनि सहभागी गराइएको थियो तर प्रधानले प्रस्तुती सुनाएपछि सवालजवाफमा पत्रकारलाई नराख्ने निर्णय भएको सुनाइयो । प्रस्तावित आयुक्त प्रधानविरुद्ध यौन शोषणको उजुरी परेको थियो ।


226
Shares

प्रतिक्रिया दिनुहोस !