२३ भाद्र २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

अमेरिकी संसदमा नतोन्याहु : हमासको पराजय इरानका लागि ठूलो झट्का

प्रकाशित मिति :  १० श्रावण २०८१, बिहीबार ०८:३८


काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी संसदको संयुक्त बैठकलाई सम्बोधन गरेका छन् ।

बुधवार करिब एक घण्टा सम्बोधनको अवधिमा इरानलाई अमेरिका र इजरायलको सबैभन्दा ठूलो शत्रु भएको बताए ।

नेतन्याहुले अमेरिकी सांसदहरूलाई अब विजय धेरै नजिक रहेको बताउँदै हमासको पराजय इरानका लागि ठूलो झट्का हुने दावी गरे ।

उनले हिजबुल्लाहलाई कुचल्ने धम्की दिए र इजरायलले आफ्ना जनतालाई सुरक्षित राख्न सबै आवश्यक कदम चाल्ने बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

नेतान्याहुले इरानलाई अमेरिका, इजरायल र अरब देशका लागि चुनौती रहेको बताउँदै यस्तो बेला अमेरिका र इजरायल एकसाथ उभिनुपर्नेमा पनि जोड दिए ।

प्रधानमन्त्री नेतन्याहु अमेरिकी संसदमा पुग्दा उनलाई २ मिनेट १६ सेकेन्डको स्ट्यान्डिङ ओभेशन दिइएको थियो । सो क्रममा केही सांसदहरुले गाली पनि गरेका थिए । संसदमा एलोन मस्क पनि अतिथिको रुपमा उपस्थित भएका थिए ।

नेतान्याहुले सेप्टेम्बर ११ जस्तै अक्टोबर ७ इजरायलीहरूका लागि कालो दिन भएको बताएका छन् । अमेरिकाको न्यूयोर्कमा सन् २०११ सेप्टेम्बर ११ मा आतंकवादी हमला भएको थियो ।

यसैगरी बन्धकहरुलाई रिहा गर्ने प्रयास भइरहेको बताउँदै अमेरिकी राष्ट्रपति जो बाइडेनले बन्धकहरूलाई मुक्त गर्न गरेको प्रयासको पनि प्रशंसा गरेका छन् ।

नेतान्याहुले युद्ध समाप्त भएपछि गाजामा सरकार गठन गर्नेले इजरायललाई कहिल्यै पनि हानि गर्ने प्रयास नगर्ने बताएका छन् । यसैगरी उनले अमेरिकासँग सैन्य सहायता बढाउन पनि माग गरेका छन् ।


339
Shares

प्रतिक्रिया दिनुहोस !