कोटिहोममा देवी प्रतिभाको आज अन्तिम प्रवचन

काठमाडाैं । श्रावण एक गतेबाट सुरु भएको ऐतिहासिक श्री पशुपति कोटीहोम एवं १०८ श्रीमदभागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञमा अंतर्राष्ट्रीय कथा प्रवक्ता परम पूज्य देवी प्रतिमाको आज अन्तिम प्रवचन रहेको छ ।
देवी प्रतिमाले श्रावण एक गतेबाट कोटिहोममा प्रवचन दिइहरनुभएको थियो ।
उहाँको प्रवचन आज दिउसको दुई वजेबाट साझ सात वजे सम्म रहने छ ।
अभिभावनक विहिन अनाथ तथा आधारभूत आवश्यकताबाट वञ्चित बालबालिकाहरुलाई निःशुल्क रुपमा गास,बास, कपास, स्वास्थ्य र शिक्षा प्रदा गर्दै आइरहेको मामाघर अनाथालय आश्रम, ललितपुर र बेसहारा, पीडित, दुःखी गरिब र आधारभूत आवश्यकताबाट वञ्चित ज्येष्ठ नागरिकहरुलायृ निःशुल्क रुपमा गास, बास, कपास र स्वास्थ्य प्रदान गर्दै आइरहेको छोरीको घर ज्यष्ठ नगरिक आश्रम, भक्तपुरको भवनआदी निर्माण सहयोगार्थ आयोजित कोटिहोम श्रावण महिना भर पशुपतिनाथ परिसरमा लाग्नेछ ।
विभिन्न प्रख्यात वक्त रहेको कोटिहोममा प्रसिद्ध कथा वाचिका राधिका दासीको कथा प्रवचन सकिसकेको र आज देवी प्रतिभाको प्रवचन अन्तिम दिन हुने छ ।
सथै बाचतन प्रवीण पण्डित दीनवन्धु पोखरेलज्यूको श्रावण १४ गते सम्म रहने र डा. कान्ता भट्टराई र श्री राम कथा वाचिका देवी चन्द्रकला सखीज्युको २४ गते सम्म प्रवचन रहने छ ।