२३ भाद्र २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

तोलामा तीन सयले घट्यो सुनको मूल्य

प्रकाशित मिति :  ११ श्रावण २०८१, शुक्रबार ११:४१


काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा तीन सयले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४५ हजारमा कारोबार भएकामा आजका लागि एक लाख ४४ हजार सात सय निर्धारण भएको छ ।
तेजाबी सुन बिहीबार प्रतितोला एक लाख ४४ हजार तीन सयमा कारोबार भएकामा आज एक लाख ४४ हजार निर्धारण भएको छ ।
यस्तै, चाँदीको मूल्य तोलामा २० ले घटेको छ । बिहीबार प्रतितोला एक हजार सात सय ५० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि एक हजार सात सय निर्धारण भएको छ ।
-रासस


339
Shares

प्रतिक्रिया दिनुहोस !